Logo

कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध



Spread the love
२४ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाका सांसहरुले गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै संसद बैठक अवरुद्ध गरेका छन् । प्रहरीको गोलीबाट सर्लाहीमा मारिएका विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण यादवको मृत्युलाई लिएर दुवै दलले सरकारसँग जवाफ माग गरेका थिए।

संसदमा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिए। तर, जवाफ चित्त बुझ्दो नभएको भन्दै कांग्रेस र राजपाले रोष्टम घेराउ गर्दै संसद अवरुद्ध गरेका हुन्।

उनीहरूले संसदीय समिति गठन गर्न नाराबाजी गरेपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्