Logo

छ महीनापछि विद्युत् सेवा पुन : सञ्चालन



Spread the love

२४ असार, डोल्पा । हिमाली जिल्ला डोल्पामा छ महीनापछि विद्युत् सेवा पुनःसञ्चालन भएको छ । ठूलीभेरी नगरपालिकामा पर्ने २०० किलोवाट क्षमताको साना जैरीगाढ जलविद्युत् आयोजना अवरुद्ध भएको करीब छ महीनापछि पुनःसञ्चालन भएको हो ।

लामो समयदेखि अवरुद्ध जलविद्युत् आयोजना सोमबारदेखि पुनः सञ्चालन भएपछि सर्वसाधारण खुशी भएका छन् । विद्युत्को नहरमा गत फागुनमा करीब ६० मिटर सुख्खा पहिरो जाँदा विद्युत् सेवा बन्द भएको थियो ।

नेपाल विद्युत प्राधिकरणको रु ५५ लाखको लागतमा भत्केको नहर मर्मत गरी विद्युत् सेवा पुनःसञ्चालन गरिएको इञ्जिनीयर बादल बुढामगरले जानकारी दिनुभयो । विद्युत् नहुँदा लामो समयसम्म अन्धकार खेप्न बाध्य सदरमुकाम दुनै, जुफाललगायतका गाउँबस्तीका सर्वसाधारणहरु बत्ती बलेसँगै खुशी भएका हुन् ।

भत्किएको नहर प्रभावकारी रुपमा निर्माण गरिएकाले प्राकृतिक विपत्ति नआएमा नियमित विद्युत् सेवा सञ्चालनमा आउने नेपाल विद्युत् प्राधिकरण डोल्पा वितरण केन्द्रले जनाएको छ । विद्युत् खपत बड्दै गएकाले विद्युत् भार कटौती जारी हुने वितरण केन्द्रको भनाइ छ । जैरीगाड जलविद्युत्बाट एक हजार २५० घरधुरीले विद्युत् सेवा पाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्