Logo

मुसिकोट नगरपालिकालाई १० औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि



Spread the love

२४ असार, गुल्मी – गुल्मीको सदरमुकाम तम्घासमा दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न भएको छ । असार २२ र २३ गते आयोजना गरिएको प्रतियोगिताको उपाधि जिल्लाको मुसिकोट नगरपालिका स्थित भुवाचिदी माध्यमिक विद्यालयले हात पार्न सफल भएको छ । उसले विभिन्न विधामा गरी १५ स्वर्ण पदक प्राप्त गर्दै उपाधि हात पारेको हो । त्यस्तै, द्वितीय स्थान हासिल गर्न सफल जिल्लाको दरबार गाउँपालिकाको रुन्खा दह माध्यमिक विद्यालयले कुल ८ स्वर्ण पदक प्राप्त गरेको छ भने तृतीय भएको रेसुङ्गा नगरपालिकाको महेन्द्र नमुना माध्यमिक विद्यालयले ५ स्वर्ण प्राप्त गरेको छ ।

प्रतियोगीतामा प्रथम ,द्वितिय र तृतीय भएका सबै खेलाडीलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको छ । दुई दिनसम्म चलेको प्रतियोगितामा गुल्मी जिल्लाका १२ वटा स्थानीय तहका ३ सय भन्दा बढी खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।

यही प्रतियोगितामा उत्कृष्ट भएका ८६ जना खेलाडीलाई पाल्पामा हुन गईरहेको प्रदेश स्तरीय ११ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट गरिएको जिल्ला खेलकुद कार्यलय गुल्मीले जनाएको छ । साथै जिल्लामा हुने सबै प्रतियोगितामा सबै व्यापारी , वुद्धीजिवी तथा समाजसेवीलाई जानकारी गराउँदा पनि सहभागिता नजनाउँने भन्दै जिल्ला खेलकुद कार्यलयले दुःख प्रकट समेत गरको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्