Logo

बागचौर नगरपालिकाले पढायो निःशुल्क वृजकोर्ष



Spread the love

 

२४ असार, सल्यान – बागचौर नगरपालिकाले प्राविधिक विषय पढ्न चाहने आफ्नो नगरपालिका भित्रका छात्रा विद्यार्थीहरूलाई निःशुल्क वृजकोर्ष तयारी कक्षा सम्पन्न गरेको छ।

बागचौर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको २ महिने निःशुल्क वृजकोर्ष तयारी कक्षा कार्यक्रममा नगर भित्रका विभिन्न विद्यालयबाट २५ जना छात्रा विद्यार्थी सहभागी भएका थिए। उक्त निःशुल्क वृजकोर्ष कार्यक्रम आज एक समारोहका बीच समापन गरिएको छ।

निशुल्क बृजकोर्ष कार्यक्रम २०७५ को एसईईमा बागचौर नगरपालिका भित्रका माविबाट सहभागी भएका गरिब, दलित, विपन्न,जेहेन्दार, जनजाति,तथा सहिद बेपत्ता परीवारका छात्रा विद्यार्थीहरूको लागि निर्धारण गरिएको थियो ।

युनिकर्न टेक्निकल इन्स्टिच्युट प्रा.लि.थारमारेको आयोजनामा सम्पन्न भएको २ महिने निःशुल्क वृजकोर्ष तयारी कक्षाको समापन कार्यक्रममा उपस्थित छात्रा विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं बागचौर नगरप्रमुख लोकमान बुढाथोकी र विशिस्ट अतिथि एवं नगर उपप्रमुख कल्पना पुनले उज्ज्वल शैक्षिक भविष्यको शुभकामना सहित अबिरावरन गर्दै बिदाई गरेका थिए ।

त्यस्तै, कार्यक्रमका अतिथि एवं शिक्षा शाखा प्रमुख टेकबहादुर डिसी,स्रोत व्यक्ति हिरालाल न्यौपाने, शिक्षक बिरेन्द्र प्रकाश डिसी, प्रशिक्षकहरू चुडामणि केसी र टिकाराम बुढाथोकीले पनि बिदाई तथा शुभकामना व्यक्त गरे ।

२ महिने निःशुल्क वृजकोर्ष तयारी कक्षामा सहभागी हुँदाका अनुभव राख्दै विद्यार्थी हिरा बस्नेतले नगरपालिकाको आर्थिक सहयोगमा आफ्नै गाउँठाउमा वृजकोर्ष तयारी गर्न पाउँदा आँफुलाई धेरै राहत भएको र अब नगरपालिकाको इज्जत र प्रतिष्ठा बढाउने गरि आँफुहरूले पढ्ने विश्वास व्यक्त गरिन् ।

युनिकर्न टेक्निकल ईन्स्टिच्युट प्रालिका सञ्चालक युवराज भण्डारीको सभाध्यक्षतामा सुरू भएको समापन कार्यक्रमको उद्घोषण खेमराज सोनीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्