Logo

काठमाडौं जिल्ला लिग फुटबलः फर्पिङ क्लब र जोरपाटी क्लब विजयी



Spread the love

२५ असार,  काठमाडौं – काठमाडौं जिल्ला लिग फुटबल प्रतियोगितामा फर्पिङ खेलकुद क्लब र जोरपाटी फुटबल क्लब विजयी भएका छन् ।
सानोगौचरन मैदानमा मंगलबारको पहिलो खेलमा फर्पिङ खेलकुद क्लबले संयुक्त नमुना क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्यो ।
फर्पिङका लागि आकाश श्रेष्ठ, दिपेष नगरकोटी र कमल केसीले १-१ गोल गरेका थिए । संयुक्त नमुना क्लबका लागि विशेष आचार्यले एक गोल फर्काए ।

यसैगरी सानोगौचरन मैदानमा मंगलबार भएको दोस्रो खेलमा जोरपाटी फुटबल क्लबले कोटेश्वर शेती ओपिलाई पनि ३-१ गोल अन्तरले नै पराजित गर्यो ।

जोरपाटीका लागि सोनाम सेर्पा, बिक्रम ओली र विशाल शिलवालले १-१ गोल गरे भने कोटेश्वरका लागि एक मात्र गोल शतिष शिलवालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्