Logo

ब्रिगेड ब्वाइज ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश



Spread the love

२४ असार, काठमाडौं – ब्रिगेड ब्वाइज क्लब राजधानीमा जारी ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेसमा मंगलबार भएको खेलमा बिग्रेड व्बाइजले नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । ब्रिगेडको जितमा रेजिन सुब्बा, व्रिजेश चौधरी र शिशिर लेखीको नाममा एक एक गोल रह्यो ।

हिजोको खेल रेजिन सुब्बाका लागि ब्रिगेडको डेब्यु खेल रह्यो ।  उनी दोश्रो संस्करणमा नेपाल पुलिसबाट खेलेको थिए ।

पराजित पुलिस यस अघि नै क्वाटरफाइलन पुगिसकेको छ ।

समूह सीको खेलसँगै ब्रिगेडको ३ खेलबाट स्पष्ट ९ अंक जोड्यो । यस्तै पुलिसको ३ खेलबाट ६ अंक रह्यो ।

प्रतिक्रिया दिनुहोस्