Logo

आफ्नै छोराद्वारा आमाको हत्या



Spread the love

२५ असार, पर्सा – आफ्नै छोराले आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । वीरगञ्ज महानगरपालिका–२४ रामगढवा नयाँबस्तीका २० वर्षीय गुड्डु यादवले ४० वर्षीया आमा शोभादेवीको धारिलो हतियार प्रहार गरी मंगलबार हत्या गरेको हो ।

घरमा रहेको भैँसी हराएको विषयमा विवाद हुँदा आमाले नै भैँसी बिक्री गरेको भनेपछि विवाद हुँदा आक्रोशित छोरा गुड्डुले आमालाई घरमा रहेको धारिलो हतियार प्रहार गर्न थालेपछि ज्यान जोगाउन भाग्ने क्रममा लखेट्दै गएका छोराले घरबाट करीब चार सय मिटर पर पुगेपछि शोभादेवीको घाँटीमा धारिलो हतियार प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी र परिवारका सदस्यले गुड्डुलाई रोक्न नसक्दा शोभामाथि हतियार प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । अभियुक्त गुड्डुलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ । शवपरीक्षणका लागि नारायणी अस्पतालमा राखिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्