Logo

सत्यवतीलाई राष्ट्रपति रनिङ शिल्ड



Spread the love

२५ असार, तनहुँ – जिल्ला खेलकूद विकास समिति तनहुँले आयोजना गरेको ११औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दमौलीस्थित सत्यवती माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा २९ पदक जित्दै सत्यवती उपाधिको हकदार बनेको हो ।

सत्यवतीले १७ स्वर्ण, आठ रजत र चार कास्य पदक प्राप्त गर्यो । सत्यवतीले लगातार तीन पटक प्रतियोगिता जितेको हो । पाँच स्वर्ण, आठ रजत र पाँच कास्य पदकसहित म्याग्दे गाउँपालिका–२ जामुनेस्थित राधा मावि द्वितीय भयो । विजेतालाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष ऋषिराम भुसाललगायतले पुरस्कार वितरण गरे ।

सोमबारदेखि शुरु भएको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, कराते, तेक्वान्दो र उस्सुको खेल खेलाइएको थियो । जिल्लास्तरीय प्रतियोगिताबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन ७६ खेलाडी छनोट भएको समितिका सचिव शिवहरि पण्डितले जानकारी दिए । छनोट भएका खेलाडीले असार २६ र २७ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा प्रदेशबाट छनोट भएका खेलाडीले असार २९, ३० र ३१ गते काठमाडौँमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्