Logo

प्रदेश नं २ का मुख्यमन्त्रीद्वारा साइकल हस्तान्तरण



Spread the love

२५ असार, धनुषा – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत मंगलबार धनुषाका दुई विद्यालयलाई साइकल हस्तान्तरण गरेका छन् । उनले फुलगामास्थित गिरिजा मावि र कनकपट्टिस्थित सरस्वती माविका प्रधानाध्यापकलाई साइकल हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा मुख्यमन्त्री राउतले गिरिजा माविका प्रधानाध्यापक शीतल यादवलाई १३४ तथा सरस्वती माविका प्रधानाध्यापक अरविन्द यादवलाई ४३ थान साइकल हस्तान्तरण गरेका हुन् । कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरिने बताइएको छ । साइकल हस्तान्तरण कार्यक्रममा समाजवादी पार्टी नेपाल प्रदेश २ का संसदीय दलका उपनेता रामआशिष यादव, प्रमुख सचिव दीपक सुवेदी, कानून सचिव कोमल खत्रीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्