Logo

‘नयाँ नेपाल’ निर्माणमा भारतको सहयोग आवश्यक



Spread the love

२५ असार, काठमाडाैँ – भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले सोमबार आयोजित दुई मुलुकका कूटनीतिज्ञ तथा व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै ‘नयाँ नेपाल’ निर्माणका लागि भारतको सहयोग आवश्यक रहेको धारणा प्रकट गरे ।

‘नेपालमा सशस्त्र विद्रोह र अस्थिरताको युग समाप्त भएर स्थायी सरकार गठन भएको अवस्था छ, समावेशी लोकतान्त्रिक अभ्यासमा लागेको नेपाललाई समृद्ध बनाउन छिमेकी भारतको सहयोग आवश्यक छ’ राजदूत आचार्यले बताए । यसका लागि ‘रोडम्याप’ तयार पारेर भारतबाट अटुट सहयोगका लागि पूर्ण विश्वासको वातावरण तयार पार्नुपर्ने उनको धारणा थियो ।

भारतस्थित नेपाल राजदूतावास र नेपाल उद्योग संघ (सीएनआई) को सहयोगमा भारत–नेपाल केन्द्रले आयोजना गरेको भेलामा राजदूत आचार्यले सो विचार प्रकट गरेका हुन् ।

राजदूत आचार्यले नेपाल–भारतीबीचको सांस्कृतिक तथा परम्परागत सम्बन्धलाई अघि बढाउन र असन्तुलित व्यापारमा सुधार ल्याउन जलस्रोत, कृषि, औषधिविज्ञान, शिक्षा र सीप प्रवर्द्धक उद्योगमा भारतले नेपाललाई सघाएमा नयाँ नेपाल बनाउने पक्षमा योगदान पुग्ने धारणा राखे ।

आर्थिक सम्बन्ध सुदृढ बनाउन दुवै देशका साना उद्योगहरुबीच सहकार्य र समन्वयको वातावरण बन्नुपर्ने धारणा पनि भेलाका सहभागीहरुले उठाएका थिए ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्