Logo

बर्दियामा २ बालकको पौडी खेल्ने क्रममा मृत्यु



Spread the love
सांकेतिक तस्बिर

२५ असार, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–३ सिरकैयाका खोलामा डुबेर २ जना बालकको ज्यान गएको छ ।

ज्यान गुमाऊनेमा १० वर्षीय विकास बञ्जरा र ५ वर्षीय अनिल बञ्जरा रहेका छन् । उनीहरु साथीहरु संग खन्न बाबा खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए ।

बालक बेपत्ता भएको सूचना प्राप्त हुनसाथ खैरापुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजीकार्य गर्नेक्रममा घटनास्थलबाट ५० मिटर टाढा दुवै बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्