Logo

भोजपुरमा प्रहरी र विप्लप समुहबीच गोली हानाहान, दुई जनाको मृत्यु



Spread the love

२५ असार, भोजपुर l भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक प्रहरी र एक विप्लव कार्यकर्ता रहेका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नुरहरि खतिवडाका अनुसार उक्त भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता नीरकुमार राईको मृत्यु भएको हो ।

मारिने विप्लव समूहका कार्यकर्ता ओखलढुंगा जिल्ला इन्चार्ज हुन् l घटनामा मारिएका प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लागेको छ । घटना स्थलबाट प्रहरीले एक थान लोडेड पेस्तोल बरामद गरेको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए l

प्रतिक्रिया दिनुहोस्