Logo

शिक्षकको कुटाइबाट कञ्चनपुरमा १ छात्रको मृत्यु



Spread the love

२५ असार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मझगाउँमा शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माधव कलौनी रहेका छन् । महाकाली बाल विद्यालयका छात्र कलौनीलाई साथीभाइसँग झगडाको विषयलाई लिएर असार १३ गते शिक्षकहरुले कुटपिट गरि गम्भीर घाइते बनाएका थिए ।

गम्भीर घाइते उनको  नेपालगन्जको शिक्षण अस्पतालमा उपचार सम्भव नभएपछि उपचारका लागि भारतको बरेली राममुर्ती अस्पतालमा लगिएको थियो । तर उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिईएको छ ।

प्रहरीले तीनजना शिक्षकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छन् भने कञ्चनपुरका विभिन्न विद्यार्थी संगठनले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) जनक पाण्डेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्