Logo

जाजरकोटमा भतिजको दाउरो प्रहारबाट काकाको मृत्यु



Spread the love

२५ असार, जाजरकोट । जाजरकोट भेरी नगरपालिका-१३ कुदुमा भतिजको दाउरो प्रहारबाट काकाको ज्यान गएको छ ।

ज्यान गुमाऊनेमा ४५ वर्षीय मोहन विक रहेका छन् । प्रहरीका अनुसार स्थानीय गीता सुनारको घरमा दुवैजना मदिरा सेवन गरि एक आपसमा विवाद हुँदा ३५ वर्षीय मानबहादुर सुनारले काका मोहनलाई चिर्पट प्रहार गरेका हुन् ।

चिर्पट प्रहारबाट मोहनको घटना स्थलमै मृत्यु भएको र हत्या अभियोगमा मानबहादुरलाई पक्राउ गरि घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी चौकी कुदुले जानकारी दिईएको छ।

प्रतिक्रिया दिनुहोस्