Logo

भोजपूरको घटना, प्रहरी र विप्लब नेताको मृत्यु, संसदमा अनुसन्धानको माग



Spread the love

प्रतिबन्धित पार्टी विप्लव समूहका जिल्ला नेता र प्रहरीबीच भएको घम्साघम्सीमा विप्लब जिल्ला नेता तथा एक प्रहरी जवानको मृत्यु भएको छ ।  भोजपुरमा प्रहरी र विप्लव समूहका नेता बिच भिडन्त हुँदा प्रहरी सहित विप्लव नेताले ज्यान गुमाएका हुन् । दोहोरो भिडन्तमा ज्यान गुमाउनेमा विप्लब समुहका नेता नीरकुमार राई र नेपाल प्रहरीका जवान सञ्जीव राई रहेका छन् ।

भोजपुरको शनिबारे स्थित पानधारे होटलमा २ जनाको मृत्यु हुने गरि भएको घटनामा प्रहरीकै अर्का जवान खोमनाथ भट्टराई भने घाइते हुन पुगेका छन् । घाइते भट्टराइको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । प्रजिअ खतिवडाले बताए अनुसार भट्टराईको दाहिने कुमको हड्डी भाँच्चिएको छ भने स्थानीय प्रशासनले घटनापछि अरू ठूला घटना हुन सक्ने आशंकामा जिल्लामा सुरक्षा तैनाथी बढाएको छ ।

घटनाबारे मेयरले जे भने….

भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेका अनुसार बुधबार बिहान पौने ९ बजेतिर भोजपुर नगरपालिका ७ हटियालाइनको पानधारे होटलमा विप्लवका कार्यकर्ता नीरकुमार बसिरहेकाबेला चिया खान सादा पोशाकमा प्रहरी सञ्जीव राई पनि होटलमा पुगे । प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै प्रहरी जवान सञ्जीव र विप्लब नेता नीरकुमार बीच एक आपसमा पहिल्यै भएको बताए ।

सामान्य कुराकानीबाट सुरू भएको नीरकुमार र सञ्जीवको संवाद हतियारको कुरा निस्केपछि ठुलै विवादमा परिणत भयो ।

विवाद बढ्दै जाँदा विप्लबका नेताले सञ्जीवमाथि गोली प्रहार गरे । गोली प्रहारबाट सञ्जिव घाइते भएपछि सञ्जिवका साथिले नीरकुमारमाथि फायर गरेपछि स्थिति तनावग्रस्त जस्तै बन्यो । थप प्रहरीको टोलीले घटनास्थल घेरियो । घाइते  दुवैलाई अस्पताल लगियो । जिल्ला अस्पताल भोजपुरले दुवैलाई मृत घोषणा गर्यो ।

को हुन् नीरकुमार ?

भोजपुर जिल्ला षडानन्द नगरपालिका वडानम्बर १३ वोयाका बासिन्दा नीरकुमार विप्लब समूहका ओखलढुंगा इन्चार्ज  हुन् । उनको  भोजपुर र ओखलढुङगा ओहोर दोहोर चलिरहन्थ्यो । प्रहरीले बताए अनुसार नीरले भोजपुरमा विभिन्न समयमा चन्दा समेत सङ्कलन गर्ने गरेका थिए ।

को हुन् सञ्जीव ?

खोटाङ स्थायी घर भएका सञ्जीव ३ वर्षदेखी भोजपूरमा कार्यरत थिए । नेकपामा नेता तथा संघीय सांसद सुदन किराँतीले बताए अनुसार उनी सुदनका सुरक्षा गार्डका रूपमा पनि कामा गरेका थिए ।

संसदमा मागियो जवाफ

नेपाली कांग्रेसकी नेतृ तथा केन्द्रिय साँसद डा. डिला संग्रौलाले संसदमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई जवाफ दिनका लागि माग गर्दै घटनाको बारेमा वास्तविकता पहिल्याउन अनुसन्धानको माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्