Logo

छुटाछुट्टै तीन घटनामा १८ नेपालीको मृत्यु



Spread the love

१ असार, काठमाडौं– दैलेखको आठबीस नगारपालिका-४ मा बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । ना ४ ख २९९८ नम्बरको बस दुर्घटनजा हुँदा अन्य १७ जना घाइते भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।trisuli-20022017093317-1000x0

मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा राजधानीको सीतापाइलामा बुधबार बिहान २ बजे तीन जना मजदुरको ज्यान गएको छ । खाल्डोमा पाइप राखिरहेको बेला माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतको जोगवनीमा गुडिरहेको रेलबाट किचिएर मंगलबार राती तीन नेपालीको मृत्यु भएको छ । मोटरसाइकलमा चढेका उनीहरु रेलको लिकबाट पार गर्न खोज्दा सोही समयमा तिव्र गतिमा आएको रेलले किचेको थियो ।

प्रतिक्रिया दिनुहोस्