Logo

अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन



Spread the love

२५ असार, ब्यूनस आयर्स  – अर्जेन्टिनाका पूर्व राष्ट्रपति फर्नान्डो डे ला रुअको मंगलबार मुटु तथा मृगौला रोगका कारण ८१ वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई ब्यूनस आयर्सस्थित अस्पतालमा भर्ना गरिएको थियो । अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो म्याक्रीले वरिष्ट राजनीतिक फर्नान्डोको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्व राष्ट्रपति फर्नान्डोको तीन वर्षअघि सन् २०१६ मा शल्यक्रिया गरिएको थियो । गत वर्ष पनि मुटुमा समस्या भएपछि उनको एन्जियोप्लास्टी गरिएको थियो ।

पूर्व राष्ट्रपति फर्नान्डो सन् १९९९–२००१ सम्म अर्जेन्टिनाको राष्ट्रपति भएका थिए ।

प्रतिक्रिया दिनुहोस्