Logo

दुर्घटनाको २२ दिनपछि उपाध्यक्षको शव भेटियो



Spread the love

२५ असार, काठमाडाैँ – खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमाभएको जीप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता भएका उपाध्यक्ष सिन्धु शाही हमालको शव आज फेला परेको छ ।

सर्केघाड गाउँपालिका–४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा आज फेला परेको शव गाउँपालिकाका उपाध्यक्ष शाहीकै भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामप्रसाद घर्ती मगरले पुष्टि गरेका छन् ।

शव फेला परेको खबर पाउनेबित्तिकै हेलिकप्टरबाट सम्बन्धितस्थलमा पुगेका प्रहरी टोलीसहित उनका श्रीमान् धीरेन्द्र शाही र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावललगायतका आफन्तले पहिचान गरेपछि शव उपाध्यक्षकै भएको पुष्टि भएको हो ।

शवको पहिचान गरेपछिसँगै गएका जिल्ला स्वास्थ्य कार्यालयका डा दुर्गा सुर्खाली, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी प्रमुख घर्ती मगरको संयुक्त टोलीले कानूनी प्रक्रिया पुर्याएर आफन्तलाई हस्तान्तरण गरेको छ । यही असार ३ गते सिमकोटदेखि याङ्चुकुनातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा उपाध्यक्षसहित ११ जना बेपत्ता भएका थिए । बेपत्ता अरु अझै भेटिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्