Logo

न्युजिल्याण्डसँग पराजित हुँदै विश्वकपबाट बाहिरियो भारत



Spread the love

२५ असार, काठमाडाैँ – विश्वकप क्रिकेटको दौडबाट भारत बाहिरिएको छ । आज भएको सेमिफाइनल खेलमा न्युजिल्याण्डसँग पराजित हुँदै भारत प्रतियोगिताको दौडबाट बाहिरिएको हो ।

नाम भारतका नाम चलेका ब्याट्सम्यानले प्रभावकारी प्रदर्शन गर्न नसक्दा भारत न्युजिल्याण्डसामू पराजित हुन बाध्य भयो । न्युजिल्याण्डले दिएको २४० रनको लक्षय पच्छ्याएको भारतले १० विकेट गुमाउँदै मात्र २२१ रन जोड्न सक्यो ।

भारतका लागि रिषभ पन्त, हार्दिक पाण्डेय, महेन्द्र धोनी र रविन्द्र जडेजाले क्रमशः ३२, ३२ , ५० र ७७ रन बनाउँनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न नसक्दा भारत पराजित हुन बाध्य भयो । भारतका कप्तान बिराट कोहली ६ बलमा १ रन जोड्दै बाहिरिए । त्यसै गरी लोकेश राहुल र रोहित शर्मा पनि १ रनमै मैदान छोड्न बाध्य भए ।

भारतका लागि दिनेश कार्तिकले ६ रन जोड्दा युज्भेन्द्र चाहल ५ रनमै पभेलियन फर्किएका थिए भने भुवनेश्वर कुमार र बुम्राह रन नै नजोडी आउट भए ।

यो जितसँगै न्ययुजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्