Logo

डिभोक ओरिगी ५ वर्षमा लिभरपुलमै रहने



Spread the love

२६ असार, काठमाडाैँ – लिभरपुलका फरवार्ड डिभोक ओरिगीले क्लबसँकोग नयाँ सम्झौता लम्ब्याएका छन् । बेल्जियमन स्टारले क्लबसँग नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरको हुन् ।

२४ बर्षीय ओरिगी सन् २०१४ मा लिलीबाट पाँच बर्षका लागि लिभरपुल आएका थिए । उनले दुई सिजन लोनमा लिभरपुल बाहिर समेत बिताए ।

लिभरपुलमा गत सिजन ओरिगीले प्रभावशाली  प्रदर्शन गरे । च्याम्पियन्स लिगको सेमिफाईनलमा बार्सिलोनाविरुद्व दुई गोल गरेका ओरिगीले फाइनलमा टोटनह्यामविरूद्ध पनि १ गोल गरेका थिए ।

सन् २०१४ को विश्वकपमाको प्रर्दशन लिभरपुलले ओरिगीलाई १० मिलियन पाउण्डमा अनुबन्धन गरेको थियो ।

लिभरपुलमा दुई सिजन बिताएका उनले सबै प्रतियोगितामा २१ गोल गरेका थिए । उनले २०१७–१८ को सिजन जर्मन क्लब उल्भ्सवर्गमा समेत बिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्