Logo

अफ्रिका कप अफ नेसन्सः सेनेगल सेमिफाइनलमा प्रवेश



Spread the love

२५ असार, काठमाडाैँ – सेनेगल इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको क्वाटरफाइनलमा बेनिनलाई १-० गोल अन्तरले पराजित गर्दै सेनेगल अन्तिम चारमा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गर्दै सेनेगल सेमिफाइनलमा पुगेको हो । सेनेगलको जितमा इड्रिस्सा गाना गूएएले ७० औं मिनेटमा निर्णायक गोल गरे ।

योसँगै सेनेगल सन् २००६ पछि पहिलो पटक अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्