Logo

हिरासतबाट फरार दुई अभियुक्त पक्राउ



Spread the love

२६ असार, काठमाडाैँ – महानगरीय अपराध महाशाखाले हिरासत कक्षको ग्रिल काटी फरार भएका दुई अभियुक्तलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले चोरी र डाँका मुद्दामा पक्राउ परी महानगरीय प्रहरी प्रभाग बुङमती भैँसेपाटीमा असार २३ गते ग्रिल काटेर फरार रहेका रामेछापका रुद्रलाल श्रेष्ठ र शम्शेर माझीलाई बुधबार साँझ पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले हिरासत कक्षको शौचालयको झ्याल काटेर फरार रहेका अभियुक्तलाई काठमाडौँ बौद्धबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका दुवैसँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्