Logo

गाउँमै कुखुरा पालेर मासिक २ लाख बढि आम्दानी , भन्छन् किन विदेश जाने ?



Spread the love

२६ असार, गुल्मी – परम्परागत खेतीबालीबाट सन्तुष्ट हुन नसकेपछि यति बेला किसानहरु आधुनिक कृषि व्यवसाय तर्फ उम्मुख भएका छन् । जसको पछिल्लो उदाहरण हो, गुल्मीको मुसिकोट नगरपालिका । नगरपालिकाको वडा नम्वर ८ बस्ने टङ्क कँडेलले अहिले गाउँ मै ब्रोईलर कुखुरा पालेर मासिक दुई लाख भन्दा बढी आम्दानी गरिरहेका छन् ।

१५ वर्षसम्म अष्ट्रेलिया बसेका कंडेल र दूई वर्षसम्म कोरीया बसेर सन्तुष्टि हुन नसकेका उनका भाई गणेश कंडेल अहिले भने निकै सन्तुष्ट रहेको बताउँछन् । ६ महिनाअघि ४० लाख लगानीमा सुरु गरिएको व्यवसायबाट अहिले मासिक दुई लाख भन्दा बढी आम्दानी लिन सफल भएको कंडेल दाजुभाई बताउँछन् । उनिहरु भन्छन्, “विदेशमा रात दिन दुःख गरेर पनि कमाउने भनेको ५०/६० हजार हो । त्यति पैसा त मेहेनेत गरे आफ्नै गाउँमा पनि कमाईन्छ तर्सथ विदेश किन जाने ।”

उनिहरुले उत्पादन गरेका कुखुरा गुल्मी ,पाल्पा र नवलपरासीमा निर्यात हुने गरेको छ । मुसिकोट नगरपालिकाबाट पनl भौतीक सहयोग पाईरहेको उनिहरु बताउँछन् । त्यस्तै यता नगरप्रमुख सोमनाथ सापकोटाले पनि कंडेल दाजुभाईले निकै उदाहरणीय कार्य गरेको र नगरपालिकाले सक्दो सहयोग गरेको उल्लेख गरे ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्