Logo

घट्दैछ त्रिविको साख, अब बचाउने कसरी ?



शिक्षा त्यस्तो चिज हो, जस्ले मानिसलाई पूर्ण रुपमा मानिस बन्न सिकाउँछ । सुक्ष्म भावनाहरुद्वारा सचेत गराई सत्यको पथमा लम्किन मानिसमा अनन्त शक्ति पैदा गर्ने काम शिक्षाले गर्छ । शिक्षाले मानवताको आह्वान खाँदिलो बनाउँछ र विश्वास उत्पादन गरि गहिरो चेत खुलाउँछ । मानवका हितमा हुने क्रियाहरुमा सक्रिय रहेर शिक्षाले मानसिक र शारीरिक शक्तिको भरपूर विकास गराउँदछ ।

उच्च शिक्षाको धरोहरका रुपमा स्थापित जेठो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयले साच्चै नै नेपालीलाई शिक्षाको माध्यमबाट परिपक्व बनाउन सकेको छ त ?

आधुनिक शिक्षाको वृत्ति, संस्कारको श्रेष्ठता र अभिरुचि अनुसारको व्यक्तित्व निर्माणमा त्रिविले कत्तिको भूमिका खेल्न सकेको छ त ?

वा, त्रिवि आफै सिकिस्त बिरामी भएर शैय्यामा भूलभुलैया युक्त समयक्रम व्यतित गरिरहेछ ?

त्रि.वि को ६० औ वार्षिक दिवस मनाइरहँदाको अवस्थामा, यस्तै प्रश्नहरुको खोजीमा बहस गर्नैपर्ने आवश्यक देखिन्छ ।

वास्तवमा विश्वविद्यालयहरु यन्त्र उब्जाउने कारखाना जस्तै छन् । यहाँको शिक्षा प्रणाली, घिच्याएर वाक्क लाग्ने गरि शिक्षकका लेक्चर र ऐंठन युक्त सिलेबस र पुस्तक सामग्रीमा भर परेको छ ।

वास्तवमा विश्वविद्यालयहरु यन्त्र उब्जाउने कारखाना जस्तै छन् । यहाँको शिक्षा प्रणाली, घिच्याएर वाक्क लाग्ने गरि शिक्षकका लेक्चर र ऐंठन युक्त सिलेबस र पुस्तक सामग्रीमा भर परेको छ ।

शिक्षा एक कला हो, मानिस हर तरह अनुभवले पनि सिक्ने गर्छ । जसरी मानिसलाई दुःख पर्दा ऊ दुःख निवारणका अभ्यासहरु गर्न सिक्छ, उसै गरि शिक्षा व्यावहारिक र सत्य चेतमा विकसित हुनु पर्छ ।

विश्वविद्यालय नराम्ररी कु-राजनीतिको चंगुलमा फसेको छ । खुल्ला प्रतिस्पर्धाबाट भन्दा पनि आसेपासे र नातेदारलाई जागिर खुवाउने लालसामा हुने हिनामिना र गैर-नियुक्तिहरु, यी सबै प्राज्ञीक थलोलाई धरासय बनाउने खेलहरु हुन् ।

विश्वविद्यालयको शिक्षा खासमा भन्ने हो भने एउटा जञ्जीरमा बाँधेर बौद्धिक हुन आएको वर्गलाई मुर्खता लाद्ने अविवेकी शिक्षा हो । प्रमाणपत्र दिदैंमा व्यावहारिक पाटोबाट विश्वविद्यालयले आफू मुक्त भएको भान गर्न मिल्दैन । एउटा बीउँ हातमा लिएर निस्किएको ग्र्याजुएट विद्यार्थीलाई बीउँ रोप्ने जमीन, चाहिने खुला हावा उज्यालो, पोषण आदिको समेत ज्ञान नदिनुले विश्वविद्यालय अझै बाहिरी दुनियाको शिक्षाबाट टाढै रहेको कुरा प्रष्ट हुन जान्छ ।

त्रिविका परीक्षा प्रणाली, पठनपाठन, अध्ययन अनुसन्धानका अवस्थाहरु समेत नाजुक छन् । उत्कृष्ट हजार विश्वविद्यालयहरुमा त्रिवि पर्नुले मात्र समाजमा यसले दिने योगदानको मूल्यांकन हुन सक्दैन । र, अरु उचित विकल्प नभएरै त्रिवि धाउनु परेको वाध्यात्मक परिस्थितिलाई विद्यार्थी पढ्न आएकै छन् भनेर नजरअन्दाज गर्न पनि मिल्दैन । अनेकौं भयावह युक्त वेथितिहरुलाई बोक्दै त्रिविले अब कहिले सम्म चै नेपालको शिक्षा प्रणालीमा स्थायीरुपमा समाधान गर्न सक्छ ? यो भने प्रतीक्षा कै विषय बनेको छ ।

हालसालै अखबारहरु त्रिविका घिनलाग्दा घटनाहरुले रंगिए । पहिला कति भएका थिए र ढाकछोप गरिएका थिए भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ ।

सेवा आयोगका सदस्यले नातेदारलाई वदनियत ढंगले उत्तिर्ण गराएका खबरहरु । परीक्षा नियन्त्रण कार्यालयले लब्धांक प्रत्रमा परीक्षार्थीको प्राप्तांक नै हेरफेर गरेका खबरहरु । विश्वविद्यालयको हाता भित्र नै प्राध्यापक वर्गहरुद्वारा छात्राहरु माथि गरिएका यौन दुर्व्यवहारका खबरहरु ।

यस्ता केही उदाहरण दिन योग्य घटनाहरुबाट पनि प्रष्ट हुन्छ, त्रिविको साख गिर्दैछ भनेर ।

राजनीतिक भागबण्डाबाट हुने पदाधिकारी नियुक्ति र त्यसकै आडमा विश्वविद्यालय जस्तो प्राज्ञीक क्षेत्रमा हुने गैरकानुनी हर्कतहरु । यी एक अर्कामा जोडिएर सतहमा आउने कुरा हुन् । नियुक्तिका बेलामा हुने लेनदेन र गोप्य सहमति र त्यसकै आधारमा हुने पार्टीलाई फाईदा पुग्ने निर्णयहरु ।

विश्वविद्यालय नराम्ररी कु-राजनीतिको चंगुलमा फसेको छ । खुल्ला प्रतिस्पर्धाबाट भन्दा पनि आसेपासे र नातेदारलाई जागिर खुवाउने लालसामा हुने हिनामिना र गैर-नियुक्तिहरु, यी सबै प्राज्ञीक थलोलाई धरासय बनाउने खेलहरु हुन् ।

पेशागत हकहित भन्दा पनि पार्टीको झण्डा बोकेर विश्वविद्यालयमा हालिमुहाली गरिरहेका प्राध्यापक संगठन, कर्मचारी युनियन र विद्यार्थी युनियनहरु पनि त्रिविको यो उदेकलाग्दो अव्यवस्थाका साँचीहरु हुन् । शिक्षाको भोक लिएर विश्वविद्यालय छिरेर सबै वर्गहरु राजनीतिको तानशाही प्रवृत्ति बोकेर समाजमा फर्कन्छन् ।

उनीहरुले समाजलाई के सिकाउँछन् वा समाजले विश्वविद्यालयलाई हेर्ने दृष्टिकोण अब कस्तो रहन्छ ?

यी प्रश्नहरु आफैमा कारुणिक छन् । समाजलाई उत्पादक कसरी बनाउने भन्दा पनि अंहकार, हिंसात्मक प्रवृत्तिद्वारा समाजमा चातुर्यको खेल कसरी खेल्ने जस्ता पाठ पढाउँछ विश्वविद्यालय ।

रोजगार भनेको अफिसको घुम्ने कुर्चीमा बसेर फाईल पल्टाउनु मात्र होइन । जति नै डिग्री हासिल गरे पनि परेको खण्डमा हिलो माटोमा पनि खेल्न सक्नु पर्छ भन्ने ज्ञान विश्वविद्यालयले दिन सकेको छैन । जसका कारण समेत बेरोजगार रहेको बाहनामा विश्वविद्यालयलाई सराप्दै स्वदेशी भावहरुबाट विचलित भएर पश्चिमा देशहरुमा भाडा माज्न जानेको लर्कै लाग्छ ।

यी खतरायुक्त अनुभवहरुबाट डराउनेहरुलाई, समाजमा छक्का पञ्जा गर्न नजान्नेहरुलाई प्रमाणपत्र बाकसमा बन्द गरेर कोरिया जाने ज्ञान बाड्छ विश्वविद्यालय ।

साच्चै नै विद्यार्थीलाई के चाहिएको छ ? त्यो उनीहरु स्वयं विश्वविद्यालयको प्रांगणमा गएर बुझ्ने थोरै छन् । तर संकिर्णता र विकिर्णता नै शिक्षा हो भनेर बुझ्ने धेरै छन् ।

रोजगार भनेको अफिसको घुम्ने कुर्चीमा बसेर फाईल पल्टाउनु मात्र होइन । जति नै डिग्री हासिल गरे पनि परेको खण्डमा हिलो माटोमा पनि खेल्न सक्नु पर्छ भन्ने ज्ञान विश्वविद्यालयले दिन सकेको छैन । जसका कारण समेत बेरोजगार रहेको बाहनामा विश्वविद्यालयलाई सराप्दै स्वदेशी भावहरुबाट विचलित भएर पश्चिमा देशहरुमा भाडा माज्न जानेको लर्कै लाग्छ ।

शिक्षा सुधारको आधार विश्वविद्यालय हो र यस द्वारा नै राष्ट्रको सुनौलो भविष्य कल्पना गर्न सकिन्छ । विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षा मन्त्री हुने प्रावधानमा परिमार्जन हुनु पर्ने जरुरी छ ।

पार्टी पंक्तिको चाकरी गर्न खुलेका प्राध्यापक, कर्मचारी र विद्यार्थीका अनियन्त्रित संगठनलाई नियमन गर्नु पर्छ । सम्बन्धन दिँदा खेरी गुणस्तर र पूर्वाधारको ख्याल गरेर मात्र दिनुपर्छ, नत्र मेडिकल शिक्षामा जस्तै विद्यार्थीबाट मनोमानी शुल्क दोहन गर्ने प्रवृत्ति अन्त्य हुने छैन ।

दलीय राजनीतिबाट मुक्त गरेर पदाधिकारीहरु खुल्ला प्रतिस्पर्धीबाट चयन हुन थाले भने त्रिविले पुनर्जीवन पाउने निश्चितप्रायः छ । योग्य नेतृत्वको छनोट गरेर

त्रिविलाई प्राज्ञीक, आर्थिक एवं व्यवस्थापकीय दृष्टिकोणले स्वायत्तता दिन सक्नु पर्छ ।

पार्टी पंक्तिको चाकरी गर्न खुलेका प्राध्यापक, कर्मचारी र विद्यार्थीका अनियन्त्रित संगठनलाई नियमन गर्नु पर्छ । सम्बन्धन दिँदा खेरी गुणस्तर र पूर्वाधारको ख्याल गरेर मात्र दिनुपर्छ, नत्र मेडिकल शिक्षामा जस्तै विद्यार्थीबाट मनोमानी शुल्क दोहन गर्ने प्रवृत्ति अन्त्य हुने छैन ।

सम्पूर्ण संयन्त्रमा गुणस्तरीय सेवा प्रवाह गर्न सके, प्राध्यापकको वृत्ति विकासमा उचित मूल्यांकन गर्न सके, कर्मचारीमा जवाफदेहीता सिर्जना गर्न सके, र विद्यार्थीको आत्मविश्वास जित्न सके त्रिविको गुमेको गौरव फिर्ता ल्याउन सकिन्थ्यो । यो आफैमा चुनौतीपूर्ण छ तर कुशल व्यवस्थापनद्वारा दीर्घकालीन योजना बनाएर अगाडी बढेको खण्डमा असम्भव भने छैन ।

(लेखक घिमिरे चिकित्सा शास्त्र अध्ययन संस्थान (IOM) महाराजगञ्जका इन्टर्न डक्टर समेत हुन् ।)

लेखकबाट थपः

छोरा छोरीलाई डाक्टर नै बनाउन पर्छ भनेर नसोच्नुस् !

कबीर सिंह: एक अहंकारयुक्त फकिर प्रेमीको कथा

 

प्रतिक्रिया दिनुहोस्