Logo

रंगशाला नै डुबेपछि सारियो प्रतियोगिता



Spread the love

२६ असार, विराटनगर । तीन दिनदेखि लगातार परेको वर्षाले विराटनगर यतिबेला जलमग्न बनेको छ । लगातार परेको पानी निकास हुने नाला भत्किएसंगै विराटनगर बजार क्षेत्रमा जलमग्न बनेको हो ।

पानी निकाश हुन नपाउँदा विराटनगरको कोशी अञ्चल अस्पतालको प्रवेशद्वार नै जलमग्न भएको छ । विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप पनि पानीकै कारण धरानमा सारिएको छ । मुख्यमन्त्री कप आज बिहीबारदेखि सुरु गर्ने कार्यतालिका रहेको थियो । तर , विराटनगर शहीद रंगशाला पानीले डुबेपछि प्रतियोगिता धरानमा सारिएको हो ।

वर्षाकै कारण विराटनगर दरैया क्षेत्र बढी डुबानमा परेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली बताउँछन् । उनका अनुसार विराटनगररको उत्तरी क्षेत्रमा भन्दा दक्षिणी क्षेत्र बढी डुबानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्