Logo

यी हुन् डार्क सर्कल हटाउने घरेलु उपायहरू



Spread the love

डार्क सर्कल भन्नाले आँखामुनिको छाला कालो हुनु हो । डार्क सर्कल पर्याप्त पौष्टिक तत्त्वको कमी , कमजोरी , तनाव, अनिद्रा,र हर्मोनको बदलावका कारण हुन सक्दछ । जसले गर्दा हाम्रो अनुहारको सुन्दरतामै नराम्रो असर गर्दछ । त्यसैले अपनाऊनु होस् डार्क सर्कल हटाउन यी घरेलु उपायहरू :

१. प्रशस्त पौष्टिक तत्त्वले भरिएको खानेकुराको साथै प्रशस्त मात्रमा पानी पिउनुहोस् ।

२. गोलभेँडाको रसलाई कागतीको रसमा मिसाएर आँखाको मुनिपटि्ट लगाउनुहोस् । जसले गर्दा डार्क सर्कल सजिलै हट्दछ ।

३. भिजेको टि ब्याग चिसो पानीमा डुबाएर केही समय सम्म आँखामाथि राख्दा पनि डार्क सर्कल हट्छ ।

४. डार्क सर्कल हटाउनको लागि दुधमा जमेको तर लगाउने बानी बसल्नुहोस ।

५. राति सुत्नेबेला एउटा भाँडामा गुलाबको फुलका पत्ताहरूलाई चिसो पानी राखेर भिजाउनुहोस् । र बिहान उठेपछि त्यही गुलाब जल पानीले मुहार पखाल्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्