Logo

खानेपानीको चरम संकट भए पछि लाखौ खर्चेर इनार खन्दै



Spread the love

असार २, सल्यान-बन्गाड कुपिण्डे नगरपालीकाको केन्द्र सल्लीवजारमा खानेपानीको चरम संकट उत्पन्न भएको छ । सल्लीवजारमा ल्याएको खानेपानी मुहान सुकेपछि समस्या भएको छ। खानेपानी नभएपछि लाखौ खर्चेर यहाँका स्थानीयले ३५ फिट देखि ४० फिट सम्मको गहिरो इनार खनेका छन्। त्यही  इनारको पानीले केही  गुजरा चलाएको देखिन्छ । सल्लीवजारका सम्पन्न व्यक्तिहरुले लाखौ रुपैयाँ खर्चेर खनेको इनारको कुवाको पानी प्रयोग गरिरहेका छन्। समान्य व्यापारि सर्वसाधारण नागरिक भेरी नदिको पानी खान वाध्य भएका छन् । कुपिण्डे नगरपालीकाको १२ वटै वडाहरुमा यस्तै खाने पानीको समस्या रहेको छ । स्थानीय नव निर्वाचित जन प्रतिनिधीको चुनावी नारा र सवै उम्मेदवारको आश्वासन पनि त्यही थियो, घर घरमा पानीको व्यवस्था गर्ने । खानेपानी नहुदाँ यहाँका नागरिक वर्षेनी समस्या भएको वताउँने गरेका छन् । स्थानीय गोपाल वुढाका अनुसार नगरमै खाने पानीको चरम संकट रहेको छ भने गाउ घरको त कुरा टाढै छ । खानेपानी नहुदाँ गाउँहरुमा घण्टांै पदैल हिडेर डोकोको सहायताले ग्रागीमा पानी बोकर खान बाध्य भएको उनको गुनासो छ ।

बन्गाड कुपिण्डे नगरका भेरी नदि किनारका वस्तीहरु पनि वर्षेनी भेरी नदिको दुषित पानी पिउने गरेका छन् । गाउँहरुमा त्यही  भेरी नदिको दुषित पानी भए पनि  सजिलो हुनेमा अर्का स्थानीय कमल परियारले  वताए । अर्को तर्फ सल्यानको सल्लीवजारका केही स्थानीय भने खानेपानी समेत किनेर खाने गरेका छन् । इनारवालाहरुबाट दैनिक ५० रुपैया गेलनको दरले पानी किनेर खाने गरेको वताएको छन। वजार स्थापना भए देखि यहाँका व्यापारि र सर्वसाधारण नागरिक खानेपानीको पिरोलामा परेको, चन्द्र वुढाले वताए । वजारको जनघनत्व वढदै जाँदा र त्यसमा पनि बन्गाड कुपिण्डे नगरको केन्द्र भएकोले झनै खानेपानीको समस्या थपिएको छ । हुने खानेलाई त सजिलै छ तर अन्यलाई भने पानी समेत किनेर खानु पर्ने अवस्था रहेको वुढाको दुखेसो छ । होटल व्यवसाय गरी वसेका व्यापारि समेत खानेपानीको जटिल समस्या रहेको वताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्