Logo

ललितपुर विद्युत् प्राधिकरणका कर्मचारी घुससहित पक्राउ



Spread the love

२६ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अविलाल विष्ट रहेका छन् । विष्टलाई लगनखेल स्थित यु एण्ड वि फाष्ट फुडमा सेवाग्राहीसँग घरमा नयाँ मिटर जडान गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई ५ हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

पक्राउ परेका विष्टमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्