Logo

अाइटी: अध्य्यनसँगसँगै स्वोरोजगार र उज्वोल भविष्य



Spread the love

असार ३, काठमाडौं- एउटाको घर पुर्व मोरङ, पथरीसनिस्चरे।अर्कोको घर पश्चिम रोल्पा।विध्यार्थी जीवन, काठमान्डुको बसाई। सामान्य जीवनशैली तर पनि गुजरा चलाऊन गाह्रो। यसैबिचमा उनीहरुको अध्ययन अगाडी बढाउनुपर्ने बाध्यता अनी देश बिकासको चिन्ता। यी सबै कुराहरुको समाधान के त? उनीहरुले योजना बनाए अाइटीसम्बन्धी सेवा तथा जानकारी प्रदान संगै आयआर्जनको श्रोत पनि। यी युवाहरु हुन- मोरङ,का अशोक खनाल र रोल्पाका भरत डिसी।
यसका लागी उनीहरुले क्लिक पोइन्ट इनोभेसन्स प्रालिको विकल्प रोजे र स्वदेशमै उद्यमशीलताकाे बिजाराेपण गर्न तम्सिए। अहिले प्रविधिको विकाससँगै विश्वभर परिवर्तन अाइरहेकाे बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गत बिएससी सिएसआइटीका यी विद्यार्थी दुई युवाको साझा सपना बनेको छ- क्लिक पोइन्ट इनोभेसन्स प्रालि। उनिहरु अाज राम्रा साथी मात्रै होइनन्, का बिजनेस पार्ट्नरसमेत हुन । ‘बिएससी सिएसआइटीको चौथो सेमेस्टर सकिन लाग्दा हामीले काम थालेका हौं । आज विद्यार्थी छँदै डेढ वर्षको स्टार्टअप अनुभव सँगालिसकेका छौं,’ भरतले सुनाए ।
वेबसाइट डिजाइन/डेभलपमेन्ट , मोबाइल एप्लिकेसन , सफ्टवेयर डेभलपमेन्टलगायत अाइटीसम्बन्धी सेवा तथा जानकारी प्रदान गर्नु नै क्लिक पोइन्टको मुख्य उदेश्य रहेको सञ्चालक तथा सिइअाे अशोक खनालले बताए । सुरुसुरुमा सबैको बिश्वास जित्न अलिक गार्हाे भएपनि निरन्तर प्रयास अग्रजहरुको साथ सहयोगले अहिले सजिलो भएको उनी बताउँछन।19244216_1471188886275209_364465979_n-630x494

कलेज सँगसँगै कम्पनी सुरु गर्न दुवैतिर समय व्यवस्थापनमा समस्या भएता पनि आफ्नो निरन्तर लगाव र मेहनतका कारण यो अवस्थामा पुगेको अर्का सञ्चालक तथा सिटिओ भरत डिसी बताउँछन ।

अनलाईन न्युज साइट, स्कुल अफिस, कन्सल्टेन्सी, सहकारी विभिन्न क्लब अनलाइन स्टोरहरू गरी ३५ भन्दा बढी सेवाग्राहीहरुलाई सुविधा प्रदान गरिसकेको र चाँडै नै यो संख्यालाई बढाउँदै नेपालको नाम चलेको कम्पनीहरुको नाममा आफ्नो कम्पनीको पनि नाम पुर्याउन लागिपर्ने डिसीले बताए ।

नेपालमै आइटीको भविष्य रहेको र नेपाल सरकारले एउटा अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेको उचित प्रबन्ध मिलाइदिने हाे भने अमेरिका, अस्ट्रेलिया, युरोपलगायत देशका कामसमेत नेपालमा ल्याएर गर्ने सकिने अशोक बताउँछन्। ‘कलेज नसक्दै अफिस सञ्चालन गरी अाफू मात्रै स्वावलम्बी नबनी अन्य अाइटी जनशक्तिलार्इ पनि रोजगारी दिन पाउँदा अत्यन्तै खुशी र जिम्मेवारीबाेध भएकाे छ,’ खनालले सुनाए ।

प्रतिक्रिया दिनुहोस्