Logo

बोलेरो जिपले ठक्कर दिँदा गाउँपालिकाको अध्यक्ष घाइते



Spread the love

२६ असार, धादिङ। धादिङबेंसीमा बोलेरो जिपले ठक्कर दिँदा गाउँपालिकाका अध्यक्ष घाइते भएका छन् ।

धादिङबेंसीतर्फ जाँदै गरेको बा१४च १६४४ नंको बोलेरो जिपले ठक्कर दिँदा बा९१प ३६३९ नं को मोटरसाइकल चालक २३ वर्षीय धर्मराज सिलवाल र ६२ वर्षीय अध्यक्ष प्रेमनाथ सिलवाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जनाएको छ ।

घाइते अध्यक्ष सिलवाललाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँको ट्रमा अस्पतालमा पठाइएको छ । दुर्घटनापश्चात ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्