Logo

ललित मेमोरियल यू–१८ फुटबल प्रतियोगितामा च्यासल विजयी



Spread the love

२६ असार, काठमाडौं । ललित मेमोरियल यू–१८ फुटबल प्रतियोगितामा च्यासल युथ क्लबले मच्छिन्द्र क्लबलाई पराजित गरेको छ । कर्मा शेर्पाको दुई गोलमा च्यासलले मच्छिन्द्रलाई २–१ ले हराएको हो ।

मच्छिन्द्रका लागि कृष्ण भण्डारीले १ गोल फर्काए तर हारबाट भने बचाउन सकेनन् । एन्फा कम्लेक्समा भएको खेलमा पहिलो हाफमा गोलरहित बराबरी सकिएको थियो । मच्छिन्द्रले खेलमा ६१ औं मिनेटमा अग्रता बनायो ।

कृष्णले दिलाएको अग्रता ९ मिनेटपछि च्यासलले बराबरी फर्कायो । कर्माले ८७ औं मिनेटमा दोस्रो गोल गर्दै जित च्यासलको जित पक्का गरे ।

प्रतिक्रिया दिनुहोस्