Logo

निर्माता ओझा र नायिका पोखरेलबीच सहमति



Spread the love

२६ असार, काठमाडाैँ – चलचित्र निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गरेका छन् ।

नायिका पोखरेलले श्रीमान्बाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकाले काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो । परिसरका प्रवक्ता होविन्द्र बोगटीले आपसी शान्ति सुरक्षामा आँच आउने हिसाबले दुवै पक्षबाट कुनै पनि गतिविधि नगर्ने र यदि त्यस्तो घटना हुन पुगे कानूनीरुपमा मुद्दा अगाडि बढाइने सहमति भएको जानकारी दिए ।

सहमतिपछि परिसरमा पत्रकारसँग कुरा गर्दै नायिका पोखरेलले भने, “मलाई जे पर्यो त्यो मैले भोगेँ, यदि कसैले त्यस्तै पीडा भोगिरहनुभएको छ भने तपाई पनि नडराइकन आउनुस् भन्छु ।” पोखरेलले उक्त घटनामा निर्माता ओझाले क्षमा मागेको बताए । चलचित्र निर्माता ओझाले सामान्य घरझगडा प्रहरीमा आउनुपर्ने खालको नभए पनि यसमा मेलमिलाप भइसकेकोे जानकारी दिए । ‘लज्जा’ चलचित्रबाट पोखरेललाई ओझाले नै चलचित्रको नायिकामा ल्याएका थिए । अभिनेत्री रेखा थापासँग सम्बन्धविच्छेदपछि ओझाले पोखरेलसँग विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्