Logo

काठमाण्डौँकै सहकारी संस्थाबाट १५ लाख चोरी



Spread the love

२६ असार, काठमाडाैँ – काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित डियोदय बहुउद्देश्यीय सहकारी संस्थाबाट रु १५ लाख ३० हजार बराबरको धनमाल चोरी भएको छ ।

रातको समयमा चोरी भएको भए पनि आज बिहान मात्रै घटनाबारे थाहा भएको थियो । ताला फोडेर भित्र पसेका अज्ञात व्यक्तिले सिसी क्यामरासमेत तोडमोड गरी चोरी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

चोरीमा संलग्नहरु फरार रहेकाले खोजी जारी रहेको र उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

डिएसपी हुँ भनी ठगी गर्ने पक्राउ

नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भनी ठगी गरेको आरोपमा काठमाडौँको नागार्जुन नगरपालिका–७ सीतापाइलाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ धुनिबेँसी नगरपालिका–२ का ३८ वर्षीय राजेन्द्रप्रसाद लुइँटेल रहेको प्रहरीले जनाएको छ ।

लुइँटेलले काठमाडौँ चन्द्रागिरि बस्ने व्यक्तिलाई म नेपाल प्रहरीको सिआइवीमा कार्यरत डिएसपी हुँ भन्दै ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले बुधबार उनलाई पक्राउ गरी ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ । उनका साथबाट रेडियो सेट एक थान, त्यसको चार्जर र नगद रु १० हजार बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्