Logo

वापस आए गायतोन्डे !



Spread the love

भारतको पहिलो क्राइम ड्रामा वेभ सिरिज ‘सेक्रेड गेम्स’ ६ जुलाई २०१८ मा रिलिज भएको थियो । जुलाई ९, २०१९ अर्थात् एक वर्षपछी क्राइम सस्पेन्स थ्रिलर ‘सेक्रेड गेम्स’को दोस्रो सिजनको ट्रेलर रिलिज भएको छ । २ मिनेट १० सेकेन्डको यस टेलरलाई युट्युभमा ९ लाख पटक हेरिइसकेको छ । १२,६९० कमेन्टले यै बताउँछन् कि “जब तक अगस्ट १५ नही आएगा, आपुन इदरीच रहेगा ।” हो, अनलाइन मिडिया सर्भिस प्रोभाइडर नेटफ्लिक्समा सेक्रेड गेम्सको दोस्रो सिजन १५ अगस्टबाट देखिनेछ ।

भारतीयहरु यो बताईरहेका छन् “इतना खुसी इस मुलुकको १९४७ के बाद अब मिल रही है ।” सन् १९४७ मा ब्रिटिस इस्ट इन्डिया कम्पनीबाट भारत स्वतन्त्र भएको थियो  । १४ अगस्टमा पाकिस्तान र १५ अगस्टमा भारत गरि दुई विशाल देश स्थापना भएका थिए ।

गायतोन्डेले बताउँछ कि “मुम्बई २५ दिनमा बर्बाद हुनेवाला छ । त्रिवेदीको छाडेर कोहि पनि बच्दैन ।” यसपछि गायतोन्डेले आफूलाई गोली हानेर मरिदिन्छ ।

पहिलो सिजन:

कुनै समयको कुख्यात ग्याङस्टार ‘गणेश गायतोन्डे’ले एक अज्ञात महिलाको हत्या गरिदिन्छ । यहिँबाट एक इमान्दार पुलिस अफिसर ‘सरताज सिंह’को टाउको दुखाइ शुरु हुन्छ । ऊ विभागीय जाँच पड्तालमा उत्रिन्छ । त्यहिँ  समय सरताजलाई गणेश गायतोन्डेको कल आउँछ, जो एक सरल ब्राम्हणको छोरा भएर पनि ८० को दशकमा मुम्बईको सबैभन्दा कुख्यात ग्याङस्टार बनिसकेको हुन्छ । फोनमा गायतोन्डे बताउँछ कि उसको यात्रा कसरी शुरु भयो । गायतोन्डेको असली पहिचानबाट बन्चित सरताज उसलाई नजरअन्दाज गरिदिन्छन् । र, त्यहि समय गायतोन्डेले सरताजको बाबू अर्थात ‘कन्सटेबल दिलबाग सिंह’को नाम लिन्छ ।

सोहि फोन कललाई ट्रेस गर्दै सरताज गायतोन्डे बसेको ठाउँ अर्थात एक गोदाम घरमा पुग्छन् । र, त्यहाँ गायतोन्डेले बताउँछ कि “मुम्बई २५ दिनमा बर्बाद हुनेवाला छ । त्रिवेदीको छाडेर कोहि पनि बच्दैन ।” यसपछि गायतोन्डेले आफूलाई गोली हानेर मरिदिन्छ ।

“अश्वत्थामा” नाम दिईएको पहिलो सिजनको पहिलो एपिसोडसँगै कथा थप जटिल बन्दै जान्छ । सरताज सिंहको सामुन्ने गायतोन्डेको तेस्रो बाउको गुत्थी यसै पनि उल्झिरहन्छ ।

एपिसोडको नाम :

अचम्मलाग्दो कुरा त यो छ कि  पहिलो सिजनको हर-एपिसोडको नाम हिन्दू पौराणिक कथामा आधारित थियो । पहिलो सिरिजको अश्वत्थामा, हलाहल, अतापि वातापी, ब्रम्हहत्या, सरमा, प्रेतकल्प, रुद्रा तथा ययाती जस्ता शिर्षकहरु थिए ।

  • पहिलो कहानी अश्वत्थामा:

महाभारतमा एक पात्रको नाम ‘अश्वत्थामा’ छ, जसलाई भगवान विष्णुद्वारा अमरत्वको श्राप दिइएको थियो । यहाँ गायतोन्डे पनि आफूलाई अमर सम्झिरहन्छ । यद्दपी यहाँ उसले आत्महत्या गर्छ ।

  • दोस्रो कहानी हलाहल:

हलाहल एक प्रकारको विष हो – जो समुद्र मन्थनको समय निक्लिएको थियो । जसलाई भगवान शिवले धारण गरेका थिए ।

  • तेसो कहानी अतापि वातापि :

यो दुई राक्षसको नाम हो । जो आतिथ्यको नाममा यात्रुहरुलाई धोखा दिने गर्दथे । र, त्यसपछि उनीहरुलाई मारेर खाने गर्दथे ।

  • चौथो कहानी ब्रम्हहत्या:

ब्रम्हहत्या अर्थात ब्राम्हणको हत्या । हिन्दु धर्मअनुसार ब्राम्हणको हत्या गर्नु एक अपराध हो । यसै प्रसंगमा गायतोन्डे हिन्दु राजनेता भोसलेको लागि मुस्लिम भोट एकठ्ठा गर्न राजी हुन्छ ।

  • पाँचौं कहानी सरमा :

सरमा एक कुकुरको नाउँ हो ।

  • छैठौं कहानी प्रेतकल्प :

हिन्दु परम्पराअनुसार  प्रेतकल्प मसानघाटमा गरिने एक कर्म हो । यस प्रसंगमा काटेकरको मृत्यु हुन्छ र सरताज उसको अन्तिम काजक्रिया गर्छन् ।

  • सातौँ कहानी रुद्र :

रुद्र वैदिक ग्रन्थमा वर्णित एक शक्तिशाली देवताको नाम हो । यस प्रसंगमा गायतोन्डे आफ्नो पत्नी शुभद्राको हत्या गरिदिन्छ ।

  • आठौँ कहानी ययाती :

राजा ययाति दैत्य गुरु शुक्राचार्यले श्राप दिएका कारण जवानीमै वृद्ध हुन्छन् । शुक्राचार्यकी पुत्री देवयानीको चित्त दुखाएका कारण ययातिले त्यस्तो कठोर श्राप पाएका थिए ।

शिर्षक अनुक्रम, लोगो तथा शिर्षक डिजाइन ग्राफिक डिजाइनर अनिरुद्ध मेहताले गरेका थिए । उनले यस काम गर्नको लागि हिन्दु पौराणिक कहानीबाट प्रेरणा लिएका थिए ।

पहिलो सिजन पछी:

“२५ दिन में क्या होने वाला है ?” अर्थात् २५ दिनमा के हुनेवाला छ ? – पहिलो सिजन हेरेको प्रत्येक दर्शक यस प्रश्नको पर्खाइमा थिए  । “२५ दिनमा के हुनेवाला छ ?’ थाहा पाउन दर्शकहरुले महिनौं कुर्नुपर्यो । तर अब पर्खाइ सकिएको छ । २५ दिन पछी मुम्बईमा के हुन्छ थाहा पाउन १५ अगस्ट कुर्नु पर्ने भएको छ ।

गायतोन्डेले सरताज सिंहलाई २५ दिन दिँदै भनेको थियो ‘बचा ले अपने शहर को ।’ के सरताज सिंहले मुम्बई शहरलाई बचाउनेछन् ?

रहस्य अब उद्घाटन हुनेछ । ‘सेक्रेड गेम्स’को पहिलो सिजन त्यहि २५ दिन मध्ये १३ दिनको कहानी हो । बाँकी रहेको १२ दिनमा के हुनेवाला छ ?

 

 “गायतोन्डे भाइ, आप् कहाँ थे ?’

” आपुन किधर था मालुम नही, आपुन को बस् बदला लेना था । ”

 

दोस्रो सिजन:

सेक्रेड गेम्सको दोस्रो सिजनको निर्माता विक्रमादित्य मोटवानेले सिरिज रिलिज हुनुभन्दा अगाडी बताएका थिए, “हामी यस कुराबाट एकदमै एक्साईटेड छौ कि अन्तत्वगत्वा हामी सेक्रेड गेम्सको दोस्रो सिजनको रिलिज डेट फ्यानहरुलाई बताईरहेका छौं । दर्शकहरुको तीव्र प्रतीक्षालाई हामीले बुझेका छौं ।” उनले थप बताएका थिए, “यो सिजन अलि लामो हुन्छ । यो सिजनले दर्शकको मुटु थर्काइदिन्छ ।”

अनुराग कश्यप र निरज घायवानले यस सिरिजलाई निर्देशन गरेका हुन् । विक्रम चन्दाको उपन्यास सेक्रेड गेम्स(२००६)लाई वरुण ग्रोवर, स्मीता सिंह एवं वसन्त नाथले सिरिजको कहानी अर्थात् स्र्किप्टमा ढालेका हुन् ।

यस सिजनको ट्रेलर हेर्दा नै एयरफोन आवश्यक देखियो । भनेसी पक्का छ- गाली गलौज, खुन-खराबा सिरिज भित्र भरपुर छ ।

 ट्रेलर  के भन्छ ?

पहिलो सिजनमा जस्तै यस सिजनमा पनि कहानी दुई टाइमलाइन देखिएको छ ।  ट्रेलरबाट यति त थाहा हुन्छ कि पहिलो सिजनमा जुन गुरुजी(पंकज त्रिपाठी)को परिचय गणेश गायतोन्डेको तेस्रो बाउको रुपमा गरिएको थियो उही गुरुजी यस सिजनमा मुख्य भूमिकामा निभाउनेछन् । यसको साथसाथै गुरुजीले यस सिजनमा कहानीलाई नयाँ मोड दिनेछन् ।

पहिलो सिजनामा सैफ अलि खान, नवाजुद्दीन सिद्दीकी तथा राधिका आप्टे मुख्य भूमिकामा देखिएका थिए ।

दोस्रो सिजनमा गायतोन्डेको एकपटक फेरी शक्तिशाली भूमिकामा देखाइएको छ  । ऊ पुन: कहानीमा भित्रिन्छ । र, आफ्नो जमिन मुम्बईबाट आफ्नो सत्ता चलाउँछ । यसको साथसाथै गायतोन्डेको तेस्रो बाउको धमिलो अनुहार सफ्फा हुँदै आउँछ ।

पहिलो सिजनमा देखाइएको थियो – गणेश गाइतोन्डे आत्महत्या गर्छ र सरताज सिंहको सामुन्ने गायतोन्डेको तेस्रो बाउ को गुत्थी यसै उल्झिरहन्छ । सरताज सिंह दोस्रो सिजनमा पनि  यस ‘ट्रयाप’को सुल्झाउने कोसिसमा देखिन्छन् ।

क्यारेक्टरलाई हेर्दा:

गायतोन्डे:

ट्रेलरको शुरुवातमा फोनको घन्टी बज्छ । र, लगत्तै सुनाइदिन्छ कि, “गायतोन्डे भाइ, आप् कहाँ थे ?’

यसको पछी गायतोन्डेको आवाज आउँछ, ” आपुन किधर था मालुम नही, आपुन को बस् बदला लेना था । ”

ट्रेलरमा देख्न सकिन्छ, गायतोन्डे अलग-अलग अवतारमा देखिइरेहको छ । बीचबीचमा टाईसुटमा सजिएर आफ्नो रवाफी शैलीमा पनि देखिएको छ – गायतोन्डे ।

यसबाट प्रष्ट हुन्छ कि, गायतोन्डे अर्थात् नवाजुद्दीन सिद्दीकीले यस सिजनमा पनि उत्तिकै प्रभाव छाडेनेछन् ।

सरताज सिंह:

पहिलो सिजनमा देखाइएको थियो – गणेश गाइतोन्डे आत्महत्या गर्छ र सरताज सिंहको सामुन्ने गायतोन्डेको तेस्रो बाउ को गुत्थी यसै उल्झिरहन्छ । सरताज सिंह दोस्रो सिजनमा पनि  यस ‘ट्रयाप’को सुल्झाउने कोसिसमा देखिन्छन् ।

गुरुजी :

लामो कपाल र ग्रे रङको चस्मा सहित देखिन्छन्- गुरुजी अर्थात् पंकज त्रिपाठी । बताइएको छ कि मुम्बई शहरको बचाउन गुरुजीको भूमिका निकै महत्वपूर्ण छ । १:३५ सेकन्ड गुरुजी एक डाइलग बोल्छन्  – “बलिदान देना होगा” । यस डाइलगलाई लिएर सामाजिक सञ्जाल तातेको छ । विभिन्न ट्रोल र मेम्स बनिरहेका छन् ।

दोस्रो सिजनमा नयाँ कलाकारहरु पनि  थपिएका छन् । कल्कि केकंला तथा रणवीर शौरी पनि यस सिजनमा अहम भूमिकामा देखिएका छन् ।  बात्या अब्लेमन र शाहिद खानको रोलले कल्कि र रणवीरको कहानीमा नयाँ ट्वीस्ट जोड्ने पक्का छ  ।

यो हुनसक्छ एपिसोडको नाम:

ट्रेलर रिलिज हुनुपूर्व नेटफ्लिक्स इन्डियाद्वारा इन्स्टाग्राममा एक पोस्ट सियर गरिएको थियो । जसलाई देखेर यो बताइएको छ कि दोस्रो सिजनको चार एपिसोडको नाम क्रमश: बिदालह-ए-गीता, कथम् अस्ति, अन्तरा महावन र उनागम हुनसक्छ । यी नाम राख्नुको रहस्य भने अहिलेसम खुलेको छैन ।

विवादमा मुछिएला दोस्रो सिजन पनि ?

अश्लील’ भाषा र अनुचित भनिएको केहि दृश्यका कारण पहिलो सिजन भरपुर  विवादमा मुछियो । १० जुलाई २०१८ को काँग्रेस पार्टीका सदस्य राजीव कुमार सिन्हाले राजीव गान्धीको अपमान गरेको आरोपमा नेटफ्लिक्स र नवाजुद्दीन सिद्दीकीमाथि मुद्दा दायर गरेका थिए ।

पहिलो सिरिज कट्टर हिन्दुत्ववाद, बाबरी विध्वंश, शाह बानो मामले, राम मन्दिर आन्दोलन, मंडल कमीशन, खाना खाने टेबलमा गाइको मासु, नसबन्दी जस्ता भारतीय एतिहासिक घटनाहरुबारे खुलेआम बोलेको थियो ।

मुम्बईको ग्याङस्टार र  माफियागिरीको बारेमा देखाईरहँदा मुलुकको ऐतिहासिकताको पटकपटक खुट्टा तानेको कारण पहिलो सिरिज चरम विवादमा आयो ।

अब हेर्न बाकि छ, दोस्रो सिजनले क-कसको खुट्टाको ठेस बन्छ  ? क-कसको गाँसमा ढुंगा बनिदिन्छ ? क्यु की ‘गायतोन्डे वापास आए हैं !’

 

 

 

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्