Logo

बढ्दो सडक दुर्घटना र हाम्रो दायित्व



Spread the love

असार ३,सल्यान- शुक्रवार मात्रै सल्यानमा दुइ वटा सडक दुर्घटना भए । बिहान घर बाट बिद्यालय गएका बागचौर नगरपालिका वडा नं १resham dc गैराबेतका ९ बर्षिय स्कुले बालक गोपाल बुढाथोकी बिद्यालयको गाडी बाट झर्ने बित्तिकै सडक दुर्घटनाको शिकार भए ।
परिवारका सपना मात्रै होईन आफनै कलिला सपना बोकेर बिद्यालय पुगेको एउटा बालकका सपनाहरु ढोरचौर गाँउपालिकाको मोखला बजारमा बिर्सजन भएर हराए ।
आक्रोषित भिडले बालकलाई ठक्कर दिने गाडीमा आगजनी गरे यती हुदाहुदै पिडीतहरु आक्रोषित बन्दै गर्दा जिल्ला सदरमुकाम खलंगा बाट थप सुरक्षा बल समेत घटनास्थलमा बोलाउनु प¥यो । घटनाक्रम जुनसुकै कोणबाट अगाडी बढेपनि एउटा स्कुले बालकको जीवन सदाका लागी समाप्त भएको छ । कारण त्यही सडक दुर्घटना ।
यती मात्रै नभएर शुक्रवार नै शारदा नगरपालीका श्रीनगर नजिक दुई बिपरित दिशाबाट आएका मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जना गम्भिर घाईते हुन पुगे ।
प्रश्न यही नेर आउछ दुर्घटना बढ्दै छन तर यसका जिम्मेवार को ?बर्षेनी सवारी साधनहरुको चाप बढेको बढ्यै छ, घरघरमा मोटरसाईकल नहुनेहरु कमै छन, यात्रु बाहक बसहरुको संख्या बढेको छ ,सबैका लागी यो सुबिधाको कुरा हुनु निश्चय पनि जायज कुरा होला यद्यपी यी सवारी साधनहरु गुड्ने बाटो कस्तो छ यो अबस्था प्रती कसैको ध्यान नजानु नै गम्भिर कुरा हो ।
राप्ति लोकमार्गको वटासिलको अबस्थालाई हेर्ने हो भने अबस्था दर्दनाक छ । सडक झिया झिया बन्दै छ तर आम सरोकारवाला पक्ष मौन देखिन्छ । जताततै अबस्था यही छ जब हामी सडकमा हिड्छौ अबस्थाको बारेमा चर्चा गर्छौ तर यसले सरोेकारवाला निकायमा महत्व पाउदैन ।
जब सडक दुर्घटनाहरु बढ्दै जान्छन केही दिनका लागी केही माहोल तातीएको जस्तो देखीएपनि फेरी शेलाउदै जान्छ, किनकी बिगत हामीले यसरी नै भोग्दै आएका छौ ।
सवारी साधनको चाप बढ्दै छ यसमा हामीले गर्व गर्दैछौ एउटा लहर जस्तै बनेको छ यातायातका साधनहरु खरिद गर्ने कुरा तर तिनै सवारी साधन गुड्ने सडकको बिषयमा हामीले कहिले सोचेनौ । यो सब जिम्मेवारी आम मानिसले कसैको भरमा छोडे झै ग¥यौ र यो क्रमिक रुपमा सुनसान बन्दै गयो ।
बिभिन्न मागहरुमा बन्द हडताल नारा जुलुस गर्न सिकेकाहरुको बिचमा यो आम चासोको सडकको अबस्था प्राथामिकतामा पर्न सकेन । सडक अबस्थाका बिषयमा हामीले बिरोधपुर्ण गतिबिधीहरु गर्न सकेनौ किनकी हामीले सोच्यौ सडक त आ जनताको हो । तर यो सडकको दुर्दशा हरेकको काल बन्दै गयो ।
गएको छ । तर सडक दुर्घटनाको यो एउटा कारण भएपनि यसका अन्य कारणहरु पनि हामी संग जोडिएका छन । दुर्घटना एउटाका कारणले मात्रै हुने कुरा होईन अर्काको दोषका कारण पनि भएका छन । मदिरा सेवन गरी सवारी साधन हाक्दा समेत ठक्कर लागेर निर्दोष ब्यक्तिहरु दुर्घटनाका शिकार बन्न पुगेका छन । बाटोको अबस्था लाई मध्यनजर नगरेर नै बेतोडले सवारी साधन कुदाउने, ट्राफिक नियमको पालना नगर्ने जस्ता प्रबृती ले समेत सडक दुर्घटना बढ्दै गएका छन ।
यातायातका साधनहरुको गति सिमित गर्न टा्रफिक प्रहरीको चेकपोष्ट बिभिन्न बजार क्षेत्रमा स्थापना गर्न आबश्यक छ । बजार क्षेत्रमा सडक बाटोे छेउमा बिभिन्न सामाग्री थुपार्ने जस्ता कामले बाटो साँघुरो बन्दै जाँदा दुर्घटना निम्तीएका छन ।
बिचबिचमा कहीले काँही छड्के रुपमा बसेर जरिवाना काट्ने टा्रफिकको काम ले मात्रै यसको सामाधान अपुरो हुन्छ । प्रहरी प्रशासनले नियमलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।यसका लागी जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न जरुरी छ ।
बालवालीकाहरु सडकमा बेबारिसे झै गरी छोड्ने कुरा प्रती सबैले सोच्ने बेला आएको छ । अबस्था यसरी बढ्दै जाँदा सडक दुर्घटना हामी सबैको चासो र प्राथामिकताको बिषय बन्न जरुरी छ । राज्यले पुर्बाधार निमार्णमा जोड दिनु पर्दछ सडक बिस्तार, स्तरोन्तीलाई महत्व दिने र आम जनताले यसमा साथ दिनुपर्दछ ।
सडक सहज बनाउनु हामी सबैको दायित्व बन्नुपर्छ । यसको सामाधानका लागी आग्रह पुर्बाग्रह नराखी सबै एकजुट बनौ सडक दुर्घटना न्युन हुँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्