Logo

ट्रकको ठक्करबाट अछाममा बालिकाको मृत्यु



Spread the love

२७ असार, अछाम । अछामको कमलबार नगरपालिका–५ कीर्तिपुरमा ट्रकले ठक्कर दिँदा एक बालिकाले ज्यान गुमाएकी छिन् ।

ज्यान गुमाउनेमा स्थानीय भरत भण्डारीकी ४ वर्षीया छोरी अस्मिता भण्डारी रहेकी छिन् । अछामबाट नेपालगञ्जका लागि हिँडेको ना ६ ख ४४५२ नम्बरको ट्रकको ठक्करबाट उनको घटना स्थलमै मृत्यु भएको हो ।

बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ भने ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्