Logo

असोजमा जापानी भाषा र सीप परीक्षण, को-को जान पाउँने ? कति हुन्छ कमाई ? कति बस्न पाइन्छ ?



Spread the love

काठमाडाैँ – बहुप्रतिक्षीत नेपालको वैदेशिक श्रमको क्षेत्र जापानको आधिकारिक पहिलो पाइला चालिने भएको छ । यसको पाइला स्वरूपको भाषा परीक्षा असोजमा सञ्चालन गरिने भएको हो । भाषा परीक्षामा पास भएपछि छानिएकाहरूको सीप परीक्षण गरेर मात्रै कामदारलाई जापान श्रमका लागि लगिने बताइएको छ । जापान फाउन्डेसनले भाषा परीक्षण गर्नेछ ।

नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले जापानमा नेपाली कामदार विभिन्न १४ क्षेत्रका लागि पठाउने बताइएको छ । जसलाई विभिन्न चरणमा बाडिएको छ भने पहिलो चरणमा केयरगिभरमा श्रमिक लगिनेछ ।

मन्त्रालयका उपसचिव दीपक ढकालले बताए अनुसार जापान श्रमका लागि जान चाहनेहरूले जापानले तोकेको संस्थामा गएर भाषाको परिक्षा र सीप परीक्षण गराउनु पर्नेछ । जापानले अन्य देशका श्रमीकहरू पनि यहि पद्धतिमा नै भित्र्याइरहेको छ । जसले जापानमा कर्मचारीको आवश्यकता परिपूर्ति गर्न सहयोग गर्दछ ।

पहिलो चरणमा जापान जाने नर्सिङका लागि भाषा परीक्षा र सीप परीक्षण नै पहिलो खुड्किलो मानिएको छ । अन्य कुनै योग्यता नराखिएको केयरगिभर, भाषामा निपूण हुनुपर्ने र सीप परीक्षणमा योग्य हुनु नै प्राथमिक योग्यता रहेको छ । तर, भाषा परीक्षा भने कम्प्युटर प्रणालीमा सञ्चालन हुनेछ ।

कति लैजाँदैछ पहिलो चरणमा कामदार ?

जापानी भाषा परीक्षा सञ्चालन हुने निश्चित भइसकेता पनि कति कामदार लैजाने भन्ने निश्चित भएको छैन । जापानमा वृद्धहरूको संख्या बढ्दै गएको र उनिहरूको हेरचाहलाई ध्यानमा राख्दै केयरगिभर लान लागिएको हो । नर्सिङ केयर गिभरमा जापान जान चाहनेका लागि कुनै तहको प्रमाणपत्र नचाहिने बताइएको छ ।

कहिलेबाट सुरू हुन्छ जापान लैजाने प्रक्रिया ?

नेपालमा जापानी भाषाको परीक्षालाई नै जापान जाने तथा लैजाने प्रक्रियाको सुरूवातको रूपमा लिइएको छ । अहिले वैदेशिक रोजगार विभागमा जापान युनिटको स्थापना गर्ने समेत तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । वैदेशिक रोजगार विभागका प्रवक्ता भोलानाथ गुरागाईँ नै जापान युनिटका लागि सम्पर्क व्यक्ति तोकिएका छन् । जापानको श्रम तथा रोजगारका विषयका मुद्दाहरू उनकै नेतृत्वमा गरिनेछ ।

कुन कुन देशबाट कामदार भित्र्याउँदैछ जापानले ?

जापानले पनि विभिन्न चरणमा आफ्नो देशमा श्रमिक भित्र्याउन लागेको छ । पहिलो चरणमा जापानले एसियाली मुलुकबाट मात्रै कामदार भित्र्याउँने तयारी गरेको छ । एसियाली देशमध्ये नेपाल , भियतनाम र फिलिपन्सबाट जापानले कामदार भित्र्याउने तयारी गरेको छ । जापानले अगामि ५ वर्षमा नेपाल सहित ९ देशबाट करिब ५ लाख कामदार भित्र्याउने समेत बताइएको छ ।

कस्ता छन् विदेशी कामदारले जापानमा काम गर्न पाउने क्षेत्रहरू ?

नेपाल लगायत विभिन्न देशबाट काम गर्न जाने श्रमिकका लागि भनेर जापानले श्रम क्षेत्रको निर्धारण गरेको छ । जापानले छुट्याएको प्रमुख श्रम क्षेत्र उद्योग र निर्माणका रहेका छन् । यसैगरी जापानमा गएका कामदारले खाद्य पदार्थ उत्पादन, आवास तथा मेसिनरी उद्योग,  उपकरण उद्योग, इलेक्ट्रिक तथा सूचना प्रविधि उद्योग, आवास सरसफाइ व्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग एवम् हवाई उद्योगमा अवसर पाउनेछन् । यसका साथै कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भारमा समेत जापानले कामदार लैजान लागेको छ ।

कति हुन्छ जापान जाने कामदारको कमाई ?

जापान जानका लागि एन फोर तहको परीक्षा उत्तिर्ण गर्नुपर्ने बताइएको छ । जापानका वृद्धहरूसँग नै प्रत्यक्ष संवाद गर्नुपर्ने भएकाले यो तह पास गर्नुपर्ने भएको हो । भाषा र काममा दक्षता हासिल गरेर जापान जाने कामदारले मासिक २ लााख भन्दा बढी कमाउन सक्नेछन् भने सेवा र सुविधा पनि जापानी सरह नै हुनेछ ।

जापान गएका कामदार कति समय बस्न पाउँछन् ?

जापान कामदार भिसामा जानेका लागि २ तरिकाले विभाजन गरिएको छ ।  पहिलो अन्तर्गत सम्बन्धित काममा दक्षलाई ५ वर्षसम्म जापान बस्न अनुमति दिइनेछ भने दोश्रो वा पहिलो भन्दा माथिल्लो तहका कामदार भिषा थप गरेर अरू समय पनि जापानमा काम गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्