Logo

मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु



Spread the love

३० असार, सर्लाही । हरिवनमा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा हरिवन नगरपालिका–६ घुर्कौलीका १२ वर्षीय युनिक तामाङ रहेका छन् । हरिवनबाट घुर्कौलीतर्फ जाँदै गरेको ज. १२ प. ६०८२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते साइकल सवार युनिकको वीरगंगस्थित वीरगंज हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका मोटरसाइकल चालक धनराज लामालाई पनि चोट लागेको हुनाले हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्