Logo

साउनमा मेहन्दी लगाउँदा आकर्षक देखिने मात्र नभएर स्वास्थ्यमा समेत राम्रो फाइदा पुर्याउछ



Spread the love

 

साउन महिना भन्ने बित्तिकै महिलाहरुको दिमागमा रातो ,हरियो र पहेलो यी तीन कलर आउने गर्दछ । महिला दिदीबहिनीहरुले साउन महिना भरी प्रत्येक सोमबार शिवको पूजाआराधना गरी ब्रत बस्ने गर्दछन् । पूजा आराधना गर्दा हात खुट्टामा मेहन्दी लगाउदा चोखो मानिनुका साथै शुभ मानिने भएकोले साउन महिनामा मेहन्दीको धेरै माग र बिशेषता रहेको छ ।

मेहेन्दीको प्रयोग पाँच हजार वर्ष अगाडी संस्कारको रुपमा विकास भएको र मेहन्दी लगाउने चलन अहिले फेसनका रुपमा परिचित भएको छ । जे भएपनि मेहन्दीले मानिसको स्वास्थ्यमा अत्याधिक फाइदा पुर्‍याउँछ ।

मेहन्दीको मौसम भन्नाले साउन महिनालाई चिनिन्छ । साउन महिना लागेपछि हरकोहीले मेहन्दी लगाउने गर्दछन् ।नारीको सोर्‍ह शृंगार मेहन्दीबिना अपूरो हुन्छ । यसलाई हात एवं केशको सौन्दर्यका लागि प्रयोगमा ल्याइन्छ । मेहन्दी विभिन्न चाडपर्व, उत्सव एवं विशेष समयमा बढी प्रयोग हुन्छ ।

मेहन्दी लगाउदा गाडा बस्यो भने आफुलाई माया गर्नेले धेरै माया गर्छ भन्ने पुरानो भनाइ छ त्यसै अनुरूप कतिपय महिला दिदी-बहिनीहरू मेहन्दीको रंग गाढा बनाउन मेहन्दीमा विभिन्न किसिमका एसिड मिसाउँछन् जुन हाम्रो शरीरका लागि हानिकारक हुन्छ । यस्ता केमिकलले छालामा एलर्जी हुने, हात पोल्नेजस्ता विभिन्न किसिमका समस्या देखा पर्न सक्छन् । त्यसैले सकेसम्म केमिकल नभएको प्राकृतिक मेहन्दी प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्