Logo

आफुभन्दा बढी उमेरका महिलासँग घरजम गर्न चाहने पुरुष कमजोर



Spread the love

विवाहका लागि केटाको उमेर बढी हुनुपर्छ वा केटीको ? ठ्याक्कै यसको मापदण्ड कसैले तयार गरेको छैन । यद्यपी केटा भन्दा कम उमेरकै केटी खोजिन्छ हाम्रो समाजमा मात्र होइन, विश्वमै यस किसिमको प्रवृत्ति रहेको छ ।

विवाहका लागि योग्य भएसंगै केटा र केटीले एकअर्कालाई रोज्न पाउँछन् । तर, यसमा उमेरको कुनै मतभेद हुँदैन । तर, अहिले समय बदलिएको छ । श्रीमानको कमाईमा भर पर्ने महिलाको संख्या निक्कै कम रहेको छ । यद्यपी विवाहका लागि बढी उमेरका केटी खोजिने प्रवृत्ति त्यती छैन ।

आफुभन्दा बढी उमेरका महिलासँग विवाह गर्नका लागि पुरुषहरु किन राजी हुन्छन् ? यसमा केही कारण देखिन्छ ।

कतिपय पुरुषको यस्तो स्वभाव हुन्छ कि, जो अरुबाट आश्रय र सुरक्षा खोज्छन् । श्रीमतीको आडभरोसामा बस्न चाहने पुरुषहरुले बढी उमेरका महिलासँग विवाह गर्छन् ।

भोगाई, बुझाई, सोचाईको दायरा परिपक्क हुने भएकाले बढी उमेरका महिलासँग पुरुषहरु विवाहका लागि राजी हुन्छन् ।

आफुभन्दा कम उमेरकी महिलाहरुको सोच , व्यवहार सबै अपरिपक्क हुने हुनाले कतिपय पुरुषले आफुभन्दा परिपक्क श्रीमती खोज्ने गर्छन् ।

बढी उमेरकी महिलाले पारिवारिक मर्यादालाई उनीहरुले राम्ररी बुझ्छन् भन्ने हुन्छ । यसैगरी उनीहरु हरेक कुराका लागि श्रीमान्को मुख ताक्दैनन् । यही मानसिकताले बढी उमेरका महिलासँग पुरुषहरु विवाह गर्न तयार हुन्छन्।

प्रतिक्रिया दिनुहोस्