Logo

विराटनगरमा बाढीपीडितकाे नि:शुल्क उपचार



Spread the love

३१ असार, विराटनगर l १ नम्बर प्रदेशले बाढी तथा डुबान पीडितलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार सरकारी स्वास्थ्यसंस्थामा निःशुल्क उपचार र निजीमा उपचार गर्न चाहनेहरूलाई रु ५० हजार सम्म उपचार खर्च दिइने छ l

विराटनगर ८ स्थित सिंघिया खोला किनारका बाढी पीडितलाई आज बिहान त्रिपाल वितरण गर्दै मन्त्री घिमिरेले भने, “मन्त्रालयले सोमबार नै यो विषयमा निर्णय गरेको छ l म स्वास्थ्य मन्त्री पनि भएको हैसियतले उपचारमा कुनै कमी नहुनेमा विश्वस्त हुन आग्रह गर्दछु ।”

उनका अनुसार बाढी तथा डुबान पीडित बसोबास गर्ने स्थानमा रोग फैलन नदिन प्रदेश सरकारले १ सय जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको छ l

हैजा लगायत विभिन्न सरुवा रोग फैलन सक्ने देखेर चाहिएको बेला परिचालन गर्ने गरी चिकित्सकसहित सय जना स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको मन्त्री घिमिरेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्