Logo

उत्कृष्ट माक्स ल्याउने सोचमा हुनुहुन्छ ? थाहा पाउनुहोस् यी १२ टिप्स



Spread the love

हामी सबैलाई थाहा छ परीक्षा आउँदै छ भने पढ्नु पर्छ अनि राम्रो नम्बर ल्याउनु पर्छ तर हामीलाई पढर्दैनु अनि शुरु हुन् थाल्छ परीक्षा अनि रात, दिन नभनी पढको छ पढको छ । थाहा हुँदा हुँदै पनि परीक्षा भने बितिकै कसरी राम्रो नम्बर ल्याउने र उत्कृष्ट बन्ने सबै चासो रहेको हुन्छ ।

यसैको विषयमा आज हामी जुन सुकै लेबलको बोर्ड परीक्षामा कसरी लेख्ने र राम्रो माक्स ल्याउने भने विषयमा कुराहरू गर्ने छौ तर हामीलाई थाहा हुँदा हुँदैपनि मतलबै दिदैनौ । तपाईहरु पनि उत्कृष्ट माक्स ल्याउने सोचमा हुनुहुन्छ भने थाहा पाउनुहोस् यी १२ टिप्स :

 फस्ट टिप्स :

तपाईहरु परीक्षाहलमा १५ मिनेट पहिले पुगी सक्नुपर्छ । किनकि हामीहरू परीक्षा शुरु हुँदासम्म पनि पुगेका हुँदैन । यसो गर्दा हामीहरू अलमल पर्दैछौ, त्यसैले हामी १५ मिनेट पहिले पुगेर आफ्नो सामानहरू अर्थात् पेन, पेन्सिल ,स्केल लिएर बस्नु होस् ।यसो गर्दा तपाईहरुको बहुमूल्य समय बचत हुन्छ ।

 दोस्रो टिप्स:

तपाईहरूको हातमा मूल उत्तरपुस्तिका पर्यो भने त्यसलाई दोहोराई तेहेराइ पर्ढनुहोस् ताकी तपाईहरूको सिम्वल नम्बर र रजिस्ट्रेसन नबिग्रियोस् ।

 तेस्रो टिप्स:

उत्तरपुस्तिकामा बराबर लाइन तान्नुहोस् किनकि यसो गर्दा तपाइको उत्तरपुस्तिका राम्रो र आकर्षण देखिन्छ ।

 चौथो टिप्स:

एक चोटि सबै प्रश्नहरु पढ्नुहोस्, त्यहाँ जे सोधेको छ त्यसको मात्रै उत्तर दिनुहोस् । नसोधेको प्रश्नको पनि उत्तर लेख्ने कसैको बानी हुन्छ ।  त्यसो गर्दा आफैलाई घाटा हुन्छ र अरू प्रश्नलाई समय पुग्दैन ।

 पाँचौं टिप्स:

परीक्षामा एउटा  मात्र पेन प्रयोग गर्नुहोस् । अर्को पेन प्रयोग गर्नु पर्यो भने पनि गाइडको अनुमति  लिनु पर्ने छ । कतिपय परीक्षार्थीहरुले रिमिक्स पेनले लेख्ने गर्दछ त्यसो गर्नु हुँदैन  ।

 छैटौँ टप्स :

तपाईहरुले लेखेको पत्येक प्रश्नको उत्तर लेखि सक्काएपछी अन्डर लाइन गर्नुहोस् ताकि तपाईको उत्तरपुस्तिका  थप आकर्षण देखियोस् । महत्तपूर्ण शब्द र वाक्यलाई पनि अन्डर लाइन गर्दा स्पष्ट देखिन्छ ।

 सातौँ टिप्स :

प्रत्येक प्रश्नको उत्तर लेख्दा एक लाइन छाडेर लेख्नुहोस् । उत्तरपुस्तिका जाँच गर्ने शिक्षकशिक्षीकाहरुमा यसले राम्रो प्रभाव पार्छ । उत्तरपुस्तिका प्रष्ट, राम्रो र आकर्षण देखिन्छ । राम्रो नम्बर आउन सक्छ ।

आठौँ टिप्स :

प्रत्येक प्रश्नलाई निश्चित समयमा पढी र लेखी सक्नु पर्छ । हामीले यस्तो गर्दा अरू गाह्रो प्रश्नमा समय खर्चिन सकिन्छ ।

नवौं  टिप्स :

चित्र बनाउन आएको छ भने चित्र बनाउन पेन्सिल प्रयोग गर्नुहोस्, बिग्रेको बेला मेटाउन सकिन्छ ।

 दशौं टिप्स :

उत्तर लेख्दा सफासँग लेख्नुपर्छ । केरमेर गर्ने, प्रश्न छुटाउने गर्दा थोरै माक्स आउँछ ।  आउने प्रश्न सबै भन्दा पहिला लेख्नुपर्छ ।

 एघारौँ टिप्स :

उत्तर लेख्दा क्रमबद्ध लेख्नुपर्छ ताकी कुनै प्रश्न नछुटोस्  र नदोहोरियोस् ।

 बाह्रौँ टिप्स :

उत्तर लेख्दा अक्षरको दुरी बराबर र सिधा हुनु पर्छ । तपाईहरुले यस्तो गर्दा अक्षर राम्रो र आकर्षण हुन्छ ।  जाँच गर्नेले पनि  नम्बर धेरै दिन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्