Logo

पोखरीमा डुबेर चार वर्षीय बालकको मृत्यु



Spread the love

३१ असार, सुनसरी l पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ l मृत्यु हुनेमा सुनसरीको दुहवी नगरपालिका-२ का ४ वर्षीय जुगेर मियाँ रहेका छन् l

गए दिन अपराह्न ५ बजे विवाहमा जान भनेर हिँडेका बालक घर नजिकै रहेको पोखरीमा डुबेर घाइते भएका थिए । घाइते भएका मियाँलाई उपचारका लागि सामुदायिक अस्पताल दुहवी हुँदै थप उपचारका लागि विराट टिचिङ अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्