Logo

चितवनमा जंगली हात्तीको आक्रमणबाट एक बृदको मृत्यु



Spread the love

३१ असार, चितवन l पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ७ मा जंगली हात्तीको आक्रमणबाट एक जना बृदको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोहिका स्थानीय ६२ वर्षका कान्छो दराई रहेका छन् l घरबाट कामको सिलसिलामा सौराहा जाने क्रममा बिहान बाघमारा सामुदायिक वनको चौर नजिक दराईलाई हात्तीले आक्रमण गरेको थियो ।

दराईको शव सडकबाट ५० मिटरभित्र जङ्गलमा फेला परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । उक्त दराईलाई जंगली हात्तीले घिसार्दै जङ्गल भित्र लगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्