Logo

‘लव आज कल २’ मा देखिँदै छिन् – सारा अली खान



Spread the love

एजेन्सी । बलिवुड नायिका सारा अलि खान अब चाडै नै ‘लव आज कल २’मा देखिने भएकी छिन् । सोसियल मिडियामा निरन्तर चर्चा बटुलिरहेकी खानको एक भिडियो पछिल्लो समय सोसियल मिडियामा भाइरल भएको छ ।

यस भिडियोमा खान एयरपोर्टमा नजर आएकी छन् । जहाँ उनी निकै हतारमा कतै भागिरहेकी देखिएकी छिन् ।

https://www.instagram.com/p/Bz78we0BbpB/?utm_source=ig_web_copy_link

अभिषेक कपुरले निर्केदेशन गरेको केदारनाथ (२०१८) की एक्ट्रेस सारा अली खानको यस भिडियो उनको फ्यानपेज ‘कार्तिकसाराफ्यानपेज’ मा सियर भएको थियो ।

सेतो सलवार कमिज साथै प्रिन्टेड सलमा देखिएकी खानको सबैले प्रशंशा गरेका छन् । सारा पछिल्लो दिनहरुमा आफ्नो भाइ इब्राहिम अली खान र माता अमृता सिंहको साथ छुट्टी मनाउन लन्डन गएकी थिइन् । उक्त छुट्टीको फोटोहरु उनले आफ्नो सोसियल मिडिया ह्यान्डलमा सियर पनि गरेकी थिइन् ।
Image may contain: 1 person, standing
सारा अली खान ‘लव आज कल २’ मा कार्तिक आर्यनको साथ् देखिनेछिन् । इम्तियाज अलिको निर्देशनमा निर्माण भइरहेको फिल्म १४ फेब्रुवरी २०२० मा रिलिज हुँदैछ ।
Image may contain: 2 people, people smiling, close-up
Image may contain: 1 person, standing

 

प्रतिक्रिया दिनुहोस्