Logo

आकाश छुने चाह हुनुपर्छ, बाटो अवश्य भेटिन्छ



Spread the love

यस संसारमा केही मानिसहरु यस्ता पनि छन् जसलाई आफ्नो गन्तव्य त थाहा हुन्छ तर त्यहाँ नपुगेरै उनीहरु बाटो मोड्ने गर्दछन् । किनकि सफलताको त्यो यात्रामा कयौं बाधाहरु आउँछन् ।

अनि त ती अप्ठ्यारा अवस्था नै त्यसरी यात्रा गरिरहेका मानिसहरुका लागि समस्या बनि दिन्छ । उनीहरु सोच्छन् कि आफूले देखेको सपना पूरा हुने सपना होइन, आफू जान चाहेको गन्तव्यका लागि आफू सबल भइसकेको छैन ।

तर, उनीहरुले कहिल्यै सोच्दैनन् कि आफ्नै गन्तव्य वा सपनाले पनि परीक्षा लिइरहेको हुन्छ । अर्कोतिर आफ्नो लक्ष्यमा पुग्ने यात्रामा निस्किएकाहरु कुनै पनि समस्या देखि डगमगाउँदैनन् । हो, उनीहरु डगमगाउन खोजेका धेरै क्षणहरु देखिन्छन् । तर, उनीहरुले त्यस्ता पलमा पनि मनमा आफ्ना कुरा बिर्सँदैनन् र अगाडि निरन्तर बढिरहन्छन् । समाजले त्यस्ता व्यक्तिलाई कहिलेकाहीँ जिद्दीको उपनाम दिने गर्दछ । तर, जिद्दी नहुने हो भने यात्रामा आकाशसम्म पुग्ने सकिँदैन ।

कहिलेकाहीँ यस्ता परिस्थितिहरु आउँछन् जसले हामीलाई बाटोमा नै रोक्ने हो कि भन्ने पर्न सक्छ । तर, ती परिस्थिति तथा समस्या जसरी आउँछन्, त्यसरी नै जान्छन् । हामीले सम्झनु पर्ने के हो भने चाहना राख्नुपर्छ, बाटो अवश्य मिल्दछ ।

प्रतिक्रिया दिनुहोस्