Logo

जुँगा लगाएर इंग्ल्यान्ड र न्युजिल्यान्डको खेल हेर्दै थिइन् कट्रिना कैफ ?



Spread the love

एजेन्सी । बलिवुड नायीका कट्रिना कैफ आज आफ्नो जन्मदिन मनाइरहेकी छिन । सन् १९८३ जुलाई १६ मा हंगकंगमा जन्मिएकी कैफ मेक्सिको शहरमा आफ्नो ३६औं जन्मदिन मनाउँदै छिन । संसारभर रहेका उनका फ्यान तथा शुभेच्छुकहरुले उनलाई जन्मदिनको बधाई तथा शुभकामना दिईरहेका छन् ।

Image may contain: 1 person, standing

एकातर्फ उनले मेक्सिकोमा आफ्नो बर्थडे सेलेब्रेट गरिरहँदा अर्कोतर्फ एक फोटोलाई लिएर सोसियल मिडिया तातेको छ ।आईसीसी क्रिकेट वर्ल्ड कपको फाइनल खेलमा खिचिएको एक फोटो सोसियल मिडियाको ठुलो संख्यामा सियर र कमेन्ट कमाइरहेको छ ।

केहि सोसियल मिडिया प्रयोगकर्ताहरुले बताईरहेका छन् कि इंग्ल्यान्ड र न्युजिल्यान्डको भिडन्त हेर्न कट्रिना कैफ जुँगा ल्याएर स्टेडियममा पुगेकी रहेछिन ।

फोटोमा एक व्यक्ति उभिएको छ । चस्मा, लामो कपाल र हेडबिन सहित उभिएकी उक्त व्यक्ति हुबहु कट्रिना कैफसँग मिल्दोजुल्दो देखिएको छ । ‘कट्रिना कैफ जुँगामा’ क्याप्सन दिएर उक्त व्यक्तिको फोटो सोसियल मिडियामा भाइरल भइरहेको हो ।

बताइएको छ कि उक्त व्यक्ति न्युजिल्यान्डको सपोर्टर थिए । र, फाइनल खेलमा आफ्नो टिमको सपोर्ट गर्नको लागि स्टेडियममा उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्