Logo

किन मुखमा टेप लगाएर सुत्छिन इन्डोनेसियाकी गायीका ?



Spread the love

एजेन्सी । इन्डोनेसियाको सुप्रसिद्ध गायीका एन्डेन मुखमा टेप लगाएर सुत्ने गरेकी छिन । उनले आफ्नो इन्स्टाग्राममा एक फोटो सियर गरेकी छिन- जहाँ उनको श्रीमान र उनको दुवैको मुखमा सेतो टेप लगाईएको छ ।

Singer sleeps with mouth taped shut Buteyko

पोस्ट सियर गर्दै उनले लेखेकी छिन उनको परिवार पछिल्लो तीन महिना देखि ‘बुटेको’को अभ्यास गरिरहेका छन् । ‘बुटेको’ एक प्रक्रिया हो- जहाँ फरक-फरक  तरिकाले श्वासप्रश्वास  प्रकियालाई अगाडी बढाइन्छ । यसमध्ये एक तरिका मुखमा टेप लगाउनु हो ।

एन्डेन दावा गर्दै बताउँछिन्, मुखमा टेप लगाएर सुत्दा उनलाई गहिरो निन्द्रा आउँछ । बुटेको प्रक्रियाको आविष्कार डाक्टर कोन्स्टनटिन पाव्लोविक बुटेकोले गरेका थिए । उनको विश्वास थियो यस प्रकिया अपनाउँदा श्वासप्रश्वाससम्बन्धी कयौं समस्या निदान हुन्छ ।

बुटेकोबाट मधुमेहको हल, एकाग्रता लगायतका फाइदाहरु हुने एन्डेन बताउँछिन् । यद्दपी डाक्टरहरुले बच्चाको हकमा भने यस प्रक्रियालाई खतरनाक बताएका छन् ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्