Logo

सल्यानले बहुदल पछि पहिलो चोटि फुल मन्त्री पाउदै



Spread the love

करिब तिन दशक पछि सल्यानले फुल मन्त्री पाउदै छ । केही ठुलो गडबडी नहुने हो भने केही दिनमै सल्यानी नेता टेक बहादुर बस्नेत मन्त्री हुँदै छन् । मन्त्री हुने करिब पक्का पक्की भए पनि मन्त्रालय भने टुंगो लागेको छैन । माओवादी केन्द्र बाट सरकारमा जाने कसैको पनि मन्त्रालय टुंगो नलागेको मन्त्री छनोट गर्ने कार्यदलका एक सदस्यले जानकारी दिए ।

इतिहासमा आसपासका जिल्लाहरुलाइ पनि चलाउने शक्तिशाली ठाउँको रूपमा चिनिएको सल्यान पछिल्ला केही वर्षहरूमा भने धेरै पछाडि परेको छ ।

चर्चित प्रधानमन्त्री मरिचमान श्रेष्ठ पनि सल्यान जिल्लाकै हुन् । देशमा बि.स. २०४६ पछि बहुदलीय व्यवस्था आयो र उथलपुथल भयो तर सल्यान भने धेरै पछाडि पर्‍यो भनौ या पारियो । देशमा धेरै प्रधानमन्त्री, मन्त्रीहरू भए तर सल्यानले करिब ३ दशकमा एक चोटि पनि फुल मन्त्री पाएन ।

माओवादी आन्दोलनमा धेरै योगदान र बलिदान दिएको सल्यानले माओवादी बाट पनि न्याय पाउन सकेन । इमानदार र स्वच्छ छविका सल्यानी नेता टेक बहादुर बस्नेत दुई चोटि नै प्रत्यक्ष निर्वाचित सभासद् हुँदा पनि मन्त्री बनाईएन ।

जनमुक्ति सेनाको डिभिजन कमिसार समेत भैईसकेका बस्नेत माओवादी आन्दोलनका पुराना नेता हुन् । बस्नेत भन्दा धेरै पछाडिका व्यक्तिहरू मन्त्री भैसक्दा पनि उनले भने अहिले सम्म ठाउँ पाएका छैनन् । सल्यान जिल्लामा माओवादी शुभचिन्तक मात्र नभएर सबै जिल्लाबासीहरु सल्यानको मन्त्री हेर्न आतुर छन् । इमानदार भएकै कारण बस्नेतले मन्त्री नपाएको भन्दै जनताहरू आक्रोशित छन् । छिमेकी जिल्लाहरुले सरकार पिच्छे मन्त्री पाउँदा सल्यान भने टुलुटुलु हेरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्