Logo

किन मुखमा टेप लगाएर सुत्छिन् इन्डोनेशियाकी गायिका ?



Spread the love

एजेन्सी । इन्डोनेशियाको सुप्रसिद्ध गायिका एन्डेन मुखमा टेप लगाएर सुत्ने गरेकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा एक फोटो सियर गरेकी छिन्- जहाँ उनको श्रीमान र उनको दुवैको मुखमा सेतो टेप लगाईएको छ ।

 

पोस्ट सियर गर्दै उनले बताएकी छिन्- उनको परिवार पछिल्लो तीन महिना देखि ‘बुटेको’को अभ्यास गरिरहेका छन् । ‘बुटेको’ एक प्रक्रिया हो- जहाँ फरक-फरक  तरिकाले श्वासप्रश्वास  प्रकियालाई अगाडी बढाइन्छ । यसमध्ये एक तरिका मुखमा टेप लगाउनु हो ।

एन्डेन दावा गर्दै बताउँछछिन कि मुखमा टेप लगाएर सुत्दा उनलाई गहिरो निन्द्रा आउँछ । बुटेको प्रक्रियाको आविष्कार डाक्टर कोन्स्टनटिन पाव्लोविक बुटेकोले गरेका थिए । उनको विश्वास थियो या प्रकिया अपनाउँदा श्वासप्रश्वाससम्बन्धी कयौं समस्या निदान हुन्छ ।

बुटेकोबाट मधुमेहको हल, एकाग्रता लगायतका फाइदाहरु हुने एन्डेन बताउँछिन् । यद्दपी डाक्टरहरुले बच्चाको हकमा भने यस प्रक्रियालाई खतरनाक बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्